फाइल।

धनगढीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। शुक्रबार कञ्चनपुर भिमदत्त नगरपालिका-८ तिलाचौर घर भएका ७५ वर्षीय पुरुषको मृत्यु भएको हो। जिल्ला प्रहरी कैलालीका अनुसार गत महिनाको २७ गते मोटरसाइकलबाट लडेर घाईते भएका उनी मायामेट्रो अस्पताल धनगढीमा उपचाररत थिए।

त्यसपछि यही महिनाको ७ गते चेक गर्दा उनको कोरोना रिपोट पोजेटिभ आएको थियो। संक्रमित भएपछि अस्थायी कोरोना अस्पताल धनगढीमा उनको उपचार भैरहेको थियो। उपचाररत उनको ८ : ५० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुस