महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बार अनुसार सेवा प्रवाह गरिने जनाएको छ । सुक्रबार सूचना जारी गर्दे प्रशासनले बारअनुसार नौं वटै स्थानियतहको सेवा सुचारु गरिने जनाएको हो ।
प्रशासन जारी सूचनामा आइतबार र सोमबार बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र पुर्नवास नगरपालिकाको प्रशासनबाट सेवा प्रभाव गरिने जनाएको हो ।
त्यस्तै दोधाराचादनी नगरपालिका, सुक्लाफाँटा नगरपालिका र बेल्डाँडी गाउँपालिकाको मंगलबार र बुधबार,‘विहिबार र सुक्रबार’ भीमदत्तनगरपालिका, बेलौरी नगरपालिका र लालझाँडी गाउँपालिकाका स्थानियलाई प्रशासनिक कामकाजका लागी आउन आग्रह गरिएको छ । प्रशासनले माघ १६ गते आइतबार देखी लागुहुने गरि नागरिकता र अन्य सेवाका लागी पुर्ववतरुपमा सेवा सुचारु भएको जनाएको छ ।
प्रतिक्रिया दिनुस