सुदूरपश्चिम प्रदेशका नौमध्ये पा“च जिल्लामा पछिल्लो दश वर्षको अवधिमा जनसङ्ख्या घटेकोे देखिएको छ । पछिल्लो दश वर्षको अवधिमा प्रदेशका पा“च जिल्लामा जनसङ्ख्याको वार्षिक वृद्धिदर एक दशमलव नौ प्रतिशतदेखि सून्य दशमलव १८ प्रतिशतले कमी ९ऋणात्मक० भएको देखिएको छ ।

राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजा अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरू अछाम, बझाङ्ग, डोटी, बैतडी र डडेल्धुरामा पछिल्लो दश वर्षको अवधिमा जनसङ्ख्या बृद्धिदरमा ह्रास आएको छ । जनसङ्ख्या बृद्धिदर सबैभन्दा बढी ऋणात्मक रहेको अछाममा यो दर एक दशमलव नौ प्रतिशत रहेको छ । अछाममा २०६८ सालको जनगणना अनुसार दुई लाख ५७ हजार ४७७ जनसङ्ख्या रहेकोमा दश वर्षको अवधिमा अर्थात् २०७८ सालसम्म २७ हजार छ सय ६१ ले कमी आएर दुई लाख २९ हजार आठ सय १६ मा झरेको छ ।

त्यस्तै, बझाङ्गमा जनसङ्ख्याको वार्षिक बृद्धिदर सून्य दशमलव ३० ले ऋणात्मक रहेको छ । त्यस्तै,, डोटीमा सून्य दशमलव २८, बैतडीमा सून्य दशमलव २५ र डडेल्धुरामा सून्य दशमलव १८ प्रतिशत जनसङ्ख्या बृद्धिदर ऋणात्मक रहेको छ । २०६८ सालको राष्ट्रिय जनगणनामा देशभरी २७ वटा जिल्लामा जनसंख्याको वार्षिक बृद्धिदर ऋणात्मक रहेको थियो भने २०७८ सालको जनगणनामा यो सङ्ख्या ३२ पुगेको छ ।

प्रदेशको बझाङ्ग जिल्लामा २०६८ सालको जनगणनाअनुसार एक लाख ९५ हजार एक सय ५९ जनसङ्ख्यारहेको थियो भने २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजामा जनसङ्ख्याबृद्धिदर घटेर एक लाख ८९ हजार ९७ मा झरेको छ । त्यस्तै, डोटीमा २०६८ सालमा दुई लाख ११ हजार सात सय ४६ जनसङ्ख्या रहेकोमा २०७८ सालसम्म आइपुग्दा दुई लाख पा“च हजार छ सय ८६ मा झरेको छ ।

बैतडीमा २०६८ सालको जनगणनाअनुसार दुई लाख ५० हजार आठ सय ९८ जनसङ्ख्या रहेको थियो । २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा अनुसार बैतडीमा जनसङ्ख्याबृद्धिदरमा कमी आएर दुई लाख ४४ हजार चार सयमा झरेको छ ।

डडेल्धुरामा पनि दश वर्षको अवधिमा दुई हजार छ सय ७४ जनसङ्ख्याघटेको जनगणनाको प्रारम्भिक नतिजाले देखाएको छ । डडेल्धुरामा २०६८ सालमा एक लाख ४२ हजार ९४ जनसङ्ख्यारहेकोमा २०७८ मा घटेर एक लाख ३९ हजार चार सय २० मा झरेको छ । सुदूरपश्चिम प्रदेशका प्रायः पहाडी जिल्लाहरूबाट तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बसाईसराईको तीब्र चाप रहेको राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाले पनि पुष्टि गरेको छ ।

कैलालीमा वार्षिक जनसङ्ख्या बृद्धिदर एक दशमलव ५४ प्रतिशत पुगेको छ । यससङ्गै कैलालीको जनसङ्ख्या चार लाख ७१ महिलासहित नौ लाख ११ हजार पुगेको छ । त्यस्तै, कञ्चनपुरको वार्षिक जनसङ्ख्या बृद्धिदर एक दशमलव ३२ प्रतिशत रहेको छ । यससङ्गै कञ्चनपुरको जनसङ्ख्या पाँच लाख १७ हजार नाघेको छ । प्रदेशको हिमाली जिल्ला भए पनि बाजुरा र दार्चुलामा भने जनसङ्ख्या बृद्धिदर घनात्मक रहेको जनगणनाको प्रारम्भिक नतिजाले देखाएको छ । बाजुरामा वार्षिक जनसङ्ख्या बृद्धिदर सून्य दशमलव २९ प्रतिशत तथा दार्चुलामा सून्य दशमलव १३ प्रतिशत घनात्मक रहेको छ ।

प्रदेशको कैलाली, कञ्चनपुर, बाजुरा र दार्चुलामा २०६८ को तुलनामा २०७८ मा जनसङ्ख्याबृद्धि भएको छ । कैलालीमा २०६८ को तुलनामा जनसङ्ख्याबृद्धिदर एक दशमलव ५४ प्रतिशत रहेको छ । यस आधारमा कैलालीको जनसङ्ख्यानौ लाख ११ हजार एक सय ५५ पुगेको छ ।

तराईकै जिल्ला रहेको कञ्चनपुरको जनसङ्ख्याबृद्धिदर एक दशमलव ३२ रहेको छ । यसआधारमा सो जिल्लाको जनसङ्ख्यापा“च लाख १७ हजार छ सय ४५ पुगेको छ । हिमाली जिल्ला मानिएको प्रदेशको बाजुराको जनसङ्ख्यावृद्धिदर शून्य दशमलव २९ र दार्चुलाकोे शून्य दशमलव १३ रहेको छ । प्रारम्भिक नतिजामा बाजुराको जनसङ्ख्याएक लाख ३८ हजार नौ सय ९८ र दार्चुलाको एक लाख ३५ हजार ५६ पुगेको छ । समग्रमा भने सुदूरपश्चिम प्रदेशको जनसङ्ख्या २०६८ सालदेखि २०७८ सालसम्मको अवधिमा छ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, पछिल्लो दश वर्षको अवधिमा प्रदेशमा जनघनत्व ९प्रति वर्गकिलोमिटर मानिसको बसोबास० मा बृद्धि भएको छ भने शहरी क्षेत्रमा मानिसको बसोबासमा पनि बृद्धि भएको छ । केन्द्रीय तथ्याङ्क विभागद्वारा सार्वजनिक गरिएको राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजा अनुसार सुदूरपश्चिम प्रदेशको जनसङ्ख्या २७ लाख नाघेको छ । २०६८ सालको जनगणनामा प्रदेशको जनसङ्ख्या २५ लाख ५२ हजार रहेको थियो । प्रारम्भिक नतिजा अनुसार जनसङ्ख्याका दृष्टिले सुदूरपश्चिम प्रदेश पाँचौ स्थानमा रहेको छ । सुदूरपश्चिम प्रदेशमा मुलुकको कुल जनसङ्ख्या ९दुई करोड ९१ लाख ९२ हजार चार सय ८०० मध्ये नौ दशमलव २९ प्रतिशत मानिस बसोबास गर्दछन् ।

प्रारम्भिक नतिजाअनुसार मधेस प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या पुगेको छ । मधेस प्रदेशमा २० दशमलव ९९ प्रतिशत मानिस ९६१ लाख २६ लाख० को बसोबास रहेको छ । भने, सबैभन्दा कम कर्णाली प्रदेशमा पाँच दशमलव ८१ प्रतिशत ९१६ लाख ९४ हजार० जनसङ्ख्याको बसोबास रहेको छ ।

प्रदेशको औसत परिवार आकारमा कमी 

सुदूरपश्चिम प्रदेशमा पछिल्लो दश वर्षको अवधिमा औसत परिवार आकारमा कमी आएको छ । राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना, २०७८ प्रारम्भिक नतिजामा दश वर्षको अवधिमा सून्य दशमलव ७५ ले घटेको देखिएको छ ।

२०६८ सालको जनगणनाअनुसार सुदूरपश्चिम प्रदेशमा औसत परिवार आकार पा“च दशमलव ४३ रहेको थियो भने २०७८ सालमा चार दशमलव ६८ मा झरेको छ । यो राष्ट्रिय औसत परिवार आकारभन्दा सून्य दशमलव ३६ ले बढी हो । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा नै औसत परिवार आकार संख्या पछिल्लो दश वर्षमा घटेको छ । प्रदेशका जिल्लाहरूमा औसत परिवार आकार चार दशमलव ३७ देखि पा“च दशमलव आठ जना रहेको छ ।

प्रारम्भिक नतिजाअनुसार २०७८ सालको जनगणनामा नेपालमा औसत परिवार आकार चार दशमलव ३२ जना रहेको छ । २०६८ सालको जनगणनामा यो सङ्ख्या चार दशमलव ८८ रहेको थियो ।

सुदूरपश्चिमका १५ प्रतिशत बढी व्यक्ति विदेशमा

राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजा अनुसार सुदूरपश्चिम प्रदेशका १५ प्रतिशतभन्दा बढी मानिस विदेशमा रहेको पाइएको छ ।
जनगणनाको प्रारम्भिक नतिजामा सुदूरपश्चिम प्रदेशको जनसङ्ख्या२७ लाख ११ हजार दुई सय ५० पुगेको छ । यसमध्ये तीन लाख ४६ हजार आठ सय ३६ जना परिवारमा अनुपस्थित भई अक्सर विदेशमा बसोबास गरिरहेको देखिएको छ ।

प्रदेशबाट विदेशमा बसोबास गर्नेहरूमा महिलाको तुलनामा पुरुषको सङ्ख्या अधिक रहेको छ । विदेश बसोबास गरिरहेका कुल जनसंख्यामध्ये ७३ प्रतिशत पुरुष रहेका छन् । प्रारम्भिक नतिजामा दुई लाख ५३ हजार एक सय ६९ पुरुष र ९३ हजार छ सय ६७ महिलाको विदेशमा बसोबास रहेको देखिएको छ । सो नतिजामा सबैभन्दा बढी शहरी क्षेत्रका व्यक्तिहरूको विदेशमा बसोबास रहेको देखिन्छ । नेपालभरीमा २१ लाख ६९ हजार चार सय ७८ व्यक्तिको विदेशमा बसोबास रहेकोमा शहरी क्षेत्रका १४ लाख ५० हजार पा“च सय ६३ जना रहेका छन् । भौगोलिक क्षेत्रका आधारमा तराईका व्यक्तिको बसोबास विदेश बढी रहेको तथ्यांक छ । तराई क्षेत्रका ४९ दशमलव १३, पहाडका ४५ दशमलव ४० र हिमालका पा“च दशमलव ४७ प्रतिशत रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुस