नेपाल जनस्वास्थ्य संघ ९नेफा० सुदूरपश्चिम प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ। शनिबार धनगढीमा नेफाको दोस्रो वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो।
नेफा सुदूरपश्चिम प्रदेशमा झनकराज ढुङ्गाना अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। उपाध्यक्षमा जानकी पराजुली मिश्र, सचिवमा अशोकराज जोशी, कोषाध्यक्षमा महेशप्रसाद विष्ट, सह–सचिवमा धनराज मिश्र चयन भएका छन्। यस्तै, सदस्यमा देवी चन्द्र थापा, प्रकाश देउवा, लालमणी जोशी, सञ्जयबहादुर चन्द, अन्जु भट्ट र नृपबहादुर डङ्गोरा चयन भएका छन्।
नवगठित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक लालबहादुर धामीले प्रमाणपत्र वितरण गरेका थिए। सो अवधिमा निवर्तमान अध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य दयाकृष्ण पन्तले पद हस्तान्तरण गरेका थिए। सो अवसरमा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव रिता भण्डारीले महामारी नियन्त्रण तथा व्यवस्थापनमा जनस्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भुमिका रहेको औल्याइन्। ‘अहिलेको महामारीमा जनस्वास्थ्यकर्मीहरुलाई आफनो क्षमता अनुसारको काम गरि महत्वपूर्ण भुमिका निर्वाह गर्ने अवसर रहेको छ’ उनले भनिन ‘स्वास्थ्य क्षेत्रमा आएका चुनौतिको समाधान उन्मुख बनाउने, समाजलाई सुरक्षित र भयरहित बनाउने काम पनि जनस्वास्थ्यकर्मीहरुको हो।’
संघका केन्द्रीय अध्यक्ष बसन्त अधिकारीले जनस्वास्थ्यकर्मीहरुको हकहित र पेशागत सुधारका लागि पहल गर्ने बताए।