फाइल ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ मा स्थानीयको दैलोमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनका थालिएको छ।कोरोनाविरुद्धको खोप अभियानको सुरु भएको एक वर्ष पुगेपनि खोप लगाउन योग्य उमेरका कतिपयले अझैसम्म खोप नपाएपछि घरदैलोमै पुगेर खोप लगाउन थालिएको हो।

वडामा शनिबारदेखि टोल–टोलमा खोप अभियान सञ्चालन गरेर अहिलेसम्म कोरोनाविरुद्धको खोप नलाएकाहरुलाई खोप लगाउने कार्य भइरहेको छ। कोरोनाविरुद्धको खोप पाउनबाट कोही पनि बञ्चित नहोस भनेर स्वास्थ्यकर्मीहरु घरदैलोमै पुगेर खोप लगाउन थालेको धनगढी उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका वडा अध्यक्ष सन्तोष मुडभरीले बताए। ‘कतिपय मान्छेले चाहेरपनि खोप नपाएको र कतिपयले डराएर नलाएका कारण कोरोनाविरुद्धको खोपबाट कोही बञ्चित हुन नपरोस भनेर वडामा अभियान सञ्चालन गरेर खोप लगाउने कार्यको थालनी गरेका हौं’, उनले भने। सो वडामा तीन दिनसम्म अभियान सञ्चालन हुने जनाइएको छ। १४ हजार ३३३ जनसङ्ख्या उक्त वडामा रहेको छ।

प्रतिक्रिया दिनुस