कैलाली । कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा ४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेको प्रहरीले जनाएको छ।
बालिकामाथि जबरजस्ती करणी गरेको बालिकाको परिवारले शनिबार बेलुका जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। बालिकाको स्वास्थ्य परीक्षण गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको उनले बताए।
प्रतिक्रिया दिनुस