कञ्चनपुर माघ १९ । एमसीसी सम्झौता खारेजीको माग गर्दै कञ्चनपुरको शुक्लाफाँटा झलारी बजारमा राँके जुलुस भएको छ । नेकपा माओवादी केन्द्र पार्टी शुक्लाफाँटा नगर कमिटि र युवा संगठन YCL बिध्याथी लगायतका जनवर्गिय संगठनले झलारी बजारमा एमसीसी खारेज गर भन्दै राँके जुलुस गरेर बिरोध पर्दशन गरेका छन ।
बुधवार साँझ कञ्चनपुरको झलारी बजारमा एमसीसी चाँहिदैन गो व्याग एमसीसी लगायतका नारा लगाउदै राँके जुलुस गरिएको छ । एमसीसीको खारेजीको माग गर्दै राँके जुलुस निकालेर बिरोध पर्दशन गरिएको नेकपा माओवादी केन्द्र पार्टीका युवा नेता तथा जनप्रतिनिधि पर्मान्नद जोशीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुस