चितवन, १९, माघ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड कुरिनटार शाखाले चिसोबाट प्रभावित कुरिनटार चितवनका १५ गरिब तथा विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरिएको छ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कुरिनटार शाखाले चेपाङ समुदायका १५ गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको हो ।
केही दिन यता लगातार चिसो बढ्दा तथा सितलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत संस्थाले चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ विपन्न परिवारको तथ्यांक संकलन गरेर न्यानो कपडा वितरण कार्यक्रम आयोजना गरेको हो ।
देशव्यापी रुपमा समुदाय स्तरमै गरिब तथा विपन्न परिवारको तथ्यांक संकलन गरेर चरणबद्ध रुपमा न्यानो कपडा उपलब्ध गराउने लक्ष्यसहित काम भइरहेको संस्थाले जानकारी दिएको छ ।