कञ्चनपुर माघ २९ । शुक्लाफाँटा नगरपालिका वार्ड १ गणेशपुरमा आधाभुत स्वास्थ्य सेवा केन्द्रको भवन उद्धघाटन गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरेर सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले गणेशपुरमा रहेको नव निर्मित आधारभुत स्वास्थ्य केन्द्रको भवनको उद्धघाटन गर्नुभएको हो ।
भवनको उद्धघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले प्रदेश सरकारले जन स्वास्थ्यलाई विशेष ध्यानमा राखेर आवश्यक पुर्वाधार निर्माणमा जोड दिएको बताउनुभयो ।साथै उनले यस क्षेत्रको बाटोघाटो लगायतका समस्या समाधानका लागि आफु कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए । समुदायको आवश्यकताको आधारमा प्रदेश सरकारले निति निर्माणमा जोड दिएको बताए । सस्तो शर्वशुलव कम खर्चमा सबैले पढ्न मिल्ने शुदुरपश्चिम प्रदेश सरकारले शुदुरपश्चिममा प्राबिधिक विस्व विध्यालय स्थापना भईरहेको बताए । युवा लाई स्वरोजगारी बनाउने उदेश्यले प्रदेश सरकारले युवा लक्षित कार्यक्रम ल्याएको बताए । प्रदेश सरकारले तत्काल १५ हजार देखि ३० हजार युवालाई रोजगारी दिने तयारीमा रहेको बताए ।
कार्यक्रमको समापन गर्दै शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हरिष विष्टले आधारभुत स्वस्थ्य केन्द्रको भवन उद्धघाटन भएसंगै अब यहाँका जनतालाई निकै सहज हुने विश्वास व्यक्त गर्नुभयो । यस्तै विष्टले आफु निर्वाचित भएको दिन देखि जनताको सेवामा सदैव तल्लिन रहेको बताए ।
कार्यक्रममा विशिष्ट अतिथि शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष दिल बहादुर बुढा अतिथि गणेशपुर खोप केन्द्रका अध्यक्ष नवराज अवस्थी लगायत विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिती रहेको थियो । कार्यक्रमम स्वागत मन्तव्य न्यायिक समिति सदस्य तथा वार्ड सदस्य उत्तरदेव भट्टले राखेका थिए भने,कार्यक्रमको सञ्चालन शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का वडा सदस्य एवं न्यायिक समिति सदस्य परमानन्द जोशीले गरेका थिए । प्रदेश सरकारको आर्थिक सहयोगमस १५ लाख लागतमा उक्त आधारभुत स्वस्थ्य केन्द्रको भवन निर्माण भएको हो ।
आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको स्थापना भएपछि गर्भवती चेकजाँच,प्राथमिक उपचार सेवा घरआँगनमै पाइने भएको छ । घर नजिकै सेवा उपलब्ध हुनेभएपछि स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको भन्दै यहाँका जनता निकै खुसी भएका छन् ।