कञ्चनपुर फाल्गुन १ । नेकपा (क्रान्तिकारी माओवादी ) कैलाली जिल्लामा पनि  २७ औं जनयुद्ध दिवस एक कार्यक्रमका बिच शुभकामना आदानप्रदान गरेर मनाएको छ ।

फागुन १ गते जनयुद्ध शुरूवात गरिएकाे सम्झनामा जनयुद्ध दिवस मनाएको हो। कैलालीमा भव्य रूपमा जनयुद्धको सम्झनामा जनयुद्ध मनाएको अखिल नेपाल किसान क्रान्तिकारी का केन्द्रिय सचिवालय सदस्य टंक कोईराले जानकारी दिनुभयो ।

कैलालीको लालपुरमा भएकाे कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य राम बहादुर केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै केन्द्रिय सदस्य तत्कालिन जनयुद्ध नेतृत्वमा रहेकाे मुख्य नेतृत्व‌ लगायतका केहि नेताहरूले जनयुद्धलाई धाेका दिएकाे बताए ।नेकपा (क्रान्तिकारी माओवादी) विगतदेखि राष्ट्रियता, जनगणतन्त्र र समाजवादको लागि संघर्ष रहेको केन्द्रिय सदस्य केसी बताए  ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी कैलाली जिल्ला सेक्रेटरी रूद्र कँडेल अध्यक्षतामा भएकाे थियाे । शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

त्यतै नेकपा क्रान्तिकारी माओवादीले सुदुपश्चिमका नौ ओटौ जिल्ला, कैलाली कञ्चनपुर, बैतडी ,अछाम ,डोटी दार्चुला,बझाङ ,बाजुरा मा पनि शुभकामना आदानप्रदान गरेर जनयुद्ध दिवस मनाएको  सुदुश्पश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस