काठमाडौं, फाल्गुन ४ । राष्ट्रघाती एमसीसी विरुद्ध काठमाण्डौँ लगायत देशभर बिरोध प्रदर्शन भएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)सहित पाँच पार्टी र एक मोर्चाको संयुक्त आयोजनामा आव्हान गरिएको नेपाल बन्दको क्रममा बन्दकर्ता र प्रहरीबीच माइतीघरदेखि नयाँ बानेश्वरबीचको सडकमा पटक पटक झडप भएको छ ।

माइतीघर मण्डलाबाट एमसीसीका विरुद्ध नाराबाजीसहित संसद भवनतर्फ अगाडि बढेको जुलुसमाथि प्रहरीले हस्तक्षेप गर्दा पटक पटक झडप भएको छ । बन्दकर्ताको जुलुस प्रहरी हस्तक्षेपका बाबजुद प्रहरी घेरा तोड्दै संसदभवन तर्फ अगाडि बढिरहेको छ ।

माइतीघरदेखि नै प्रहरीले बन्दकर्तालाई रोक्ने प्रयास गरेपनि बन्दकर्ताहरु खासगरी क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरु प्रहरीको घेरा तोडेर बिजुली बजारसम्मको पुलसम्म पुग्दा आधादर्जनभन्दा बढी पटक प्रहरीसँग झडप भएको थियो ।

एमसीसी सम्झौता विरुद्धको संघर्षमा गिरफ्तार नेकपा(क्रान्तिकारी माओवादी) का पिबिएमद्वय सागर, सुरेश, सिसिएमहरु शारदा, कगेन्द्र, बसन्त, प्रकाशउर्जा, क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेर, फुर्नाम्गेल, काठमाडौ जिल्ला सेक्रेटरी अमर, विद्यार्थी नेतृ शिलु, मजदुर नेता दिनेश, ढोगप्रसाद, जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य सुनिता, धर्मराज, विद्यार्थी नेता कुमार, अनुश, जगदिश्वर, नरबहादुर कुमाल, ज्ञानेन्द्र, अनुश, रिबेल, बोल्सेभिक, अतित लिम्बु, बहन, प्रेम, सुनिल, राज बस्नेत, राजिव, राजकुमारलगायत दजनौ चार र्दजन भन्दा बढी नेताकार्यर्कताक प्रहरीले गिरफरतार गरेको छ । नयाँ बानेश्वरको बिजुली बजारबाट गिरफ्तार गरेका नेताहरुलाई महेन्द्र पुलिस कलवमा राखिएको छ ।

एमसिसीको बिरोधमा सडकमा आएका क्रान्तिकारी माओवदीका ४५ जना बिजुली बजारबाट गिरफ्तार गरेर महेन्द्र पुलिस कलवमा राखिएको क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेरले जानकारी दिनुभयो ।

नेपाल बन्दकर्ता आनदोलनकारीहरुले एमसीसी चाहिदैन, देश बेच्न पाइदैन, दलालहरु होशियार, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नाराहरु जुलसमा चर्को स्वरमा लगाइएको छ ।

प्रतिक्रिया दिनुस