कञ्चनपुर । नेपाली काँग्रेसका कार्यसम्पादन समिति सदस्य एव पुर्व सिँचाईमन्त्री एनपी साउदको पहलमा कञ्चनपुरको क्षेत्र नम्बर २मा करोडौँका योजना संचालन हुने भएका छन ।
काँग्रेस नेता एव पुर्व सिँचाईमन्त्री साउदको पहलमा चालु आर्थिक बर्ष २०७८÷०७९मा १० करोडका २८ तटबन्धका योजना संचालन हुने भएका छन ।
पुर्वमन्त्री साउदले क्षेत्र नम्बर २ बेदकोट, शुक्लाफाँटा र कृष्णपुरका विभिन्न खोला नदी नाला नियन्त्रणका लागि उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयमा माग गरेको नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता ज्ञानेन्द्र बहादुर सिहले बताए । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य सिहले पुर्वमन्त्री साउद र पुर्व संसद बहादुर सिह थापा दुवै जना नेताको पहलमा कञ्चनपुर क्षेत्र नम्बर २ सहित सुदूरका अन्य जिल्लाहरुमा समेत तटबन्धका योजना संचालन हुने बताए ।
‘पुर्वमन्त्री एव हाम्रो नेता तथा जनताको अभिभावक एनपी साउदले क्षेत्र नम्बर २ का विभिन्न नदीखोलाको कटानीले उर्बराभूमि क्षयिकरण मात्र नभई मानविय बस्तीसमेत जोखिममा परेको थियो, ‘काँग्रेस नेता सिहले भने, ‘उक्त खोला नदी नालामा तटबन्ध निर्माणका लागि माग गरेर बमोजिम अर्थमन्त्रालयबाट बजेट निकासा भएको छ ।’ पुर्व सिँचाईमन्त्री एव काँग्रेस नेता साउदको माग बमोजिम अन्र्तमन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयलाई कञ्चनपुर क्षेत्र नम्बर २ अन्र्तरगत २८ स्थानमा नदी नियन्त्रण तथा तटबन्ध निर्माणनका लागि १० करोड सीमासम्म रही खरिद प्रकृया बढाउन मन्त्री स्तरिय निर्णय गरिएको जनाएको छ ।
अर्थ मन्त्रालयका शाखा अधिकृत गिता लम्साले १ फागुन ०७८ मा हस्ताक्षर गरेको पत्रमा मन्त्रीस्तरको २८ माघको निर्णय अनुरुप कञ्चनपुर क्षेत्र नम्बर २ मा २८ स्थानका लागि १० बजेट बजेट दिने स्वीकृत गरिएको उल्लेख गरिएको छ । ‘काँग्रेस नेता साउदले ०७० मा चुनाव जितेर क्षेत्र नम्बर २ मा पुल पुलेसा सहितका विभिन्न पूर्वाधारका योजना हालेका थिए, ‘नेता सिहले भने, ०७४ मा चुनाव हार्दा एनपीले ल्याएका जनपक्षीय योजनामा कम्यूनिष्ट सरकारले बजेट हालेन, त्यही भएर अधुरा थिए, अहिले फेरी काँग्रेसको सरकार आयो, एनपीले पहल गरे, अब अधुरा योजना समेत बन्ने भएका छन ।’ काँग्रेस नेता सिहले एनपी साउदले अझैपनि क्षेत्र नम्बर २ मा पूर्वाधार सहित खेलकुद, खानेपानी, स्वाथ्य, सडक, कृषि सहितका क्षेत्रमा समेत बजेट हाल्ने प्रयास भएको छ । चुनाव हार्दा समेत एनपी साउदले क्षेत्र नम्बर २को दिगो विकासका लागि थुप्रै योजना हालेको बताए ।