कञ्चनपुर फाल्गुन ५ । नेपाल पत्रकार महासंघ बैतडीको शाखाको नयाँ कार्यसमिति चयन भएको छ ।बैतडी जिल्लाको शाखाक नयाँ कार्यसमिति अध्यक्षमा खगेन्द्र अवस्थी सर्वसम्मत चयन हुनुभएको छ । १८ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा नरी बडू, महिला उपाध्यक्षमा बिन्दु चन्द, सचिवमा तृप्ती शाही, कोषाध्यक्षमा दत्तराम भट्ट (डीआर), सहसचिवमा विनोद सिंह विष्ट, समावेशी सहसचिवमा प्रेम ओड चयन हुनुभएको छ । त्यस्तै सदस्यमा मोहन बहादुर चन्द ,ईस्वर बोहरा, अर्जुन बहादुर खड्का,आशिस माल ,राधिका भट्ट,प्रकाश भट्ट, नविनराज अवस्थी ,डम्वर बहादुर बोहरा,मदन भट्ट ,जनक साउँद ,गोकर्ण बोहरा चयन भएका छन।
यस्तै चारजना राष्ट्रिय परिषद सदस्य र नौजना प्रदेश परिषद सदस्य समेत चयन गरिएको छ । सदस्यता विवादका कारण गत चैतमा नयाँ कार्यसमिति चयन हुन सकेको थिएन । जिल्लामा रहेका पत्रकारका संघसंगठन(नेपाल प्रेस युनियन,समाजवादी प्रेस संगठन, प्रेस चौतारी नेपाल, पे्रेस सेन्टर ) बीच भएको सहमतीका आधारमा नयाँ कार्यसमिति चयन गरिएको पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्टले जानकारी दिनुभयो ।
विवाद समाधानका लागि नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावलको नेतृत्वमा आएको टोलीले फागुन १ गते सर्वसम्मत रुपमा कार्यसमिति चयन गर्ने टुंगो लगाएको थियो । यसका साथै विवाद समाधानका लागि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि उत्तर विष्ट पनि यहाँ पुग्नुभएको थियो ।
यसैबीच नयाँ कार्यसमितिलाई बिहीबार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विष्टले पदभार ग्रहण गराउनुभयो । पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष खगेन्द्र अवस्थीले सदस्यता शुद्धिकरण अतिआवश्यक रहेकोले यो विषयलाई कडाईसाथ लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसका साथै नवनिर्वाचित पत्रकार महासंघ बैतडीको कार्यसमितिको बैठकले सदस्यता शुद्धिकरण गर्न समिति गठन गरेको छ । चन्द्रप्रकाश लोहिया(सीपी)को संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।