कञ्चनपुर ,फाल्गुन, ८ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरको भिमदत्त नगर पार्टीले प्रधानमन्त्री लगायतका नेताहरूको पुत्ला दहन गरिएको छ ।
पाँच दलीय गठबन्धनको देउवा सरकारले सदनमा एमसीसी प्रस्ताव टेबुल गरेको र आन्दोलनकारीमाथि गोली प्रहार ,सहित क्रूर दमन गरेको र राष्ट्र राष्ट्रियता समाप्त गर्ने गरी गरिएको एमसिसी सम्झैता पास गर्ने प्रयत्न गरेको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवा,प्रचण्ड,केपि शर्मा ओली र बाबु राम भट्टराईको पुत्ला दहन गरिएको छ।
राष्ट्रघाति सम्झौता mcc खारेज गर,राष्ट्रिय स्वाधीनताको रक्षा गरौ,अमेरिकी सम्राज्यवाद मुर्दावाद,राष्ट्रघाति सांसदहरु खवरदार,देश बेच्न पाहिदैन,देश बेचुवा गठबन्धन चाहिदैन,एकीकृत जनक्रान्ति जिन्दावाद लगायतका नारावाजी गर्दै भीमदत्त नगरपालिकाको १० नम्बर वडामा पुत्ला दहन कार्यक्रम गरिएको छ ।
राष्ट्र ,राष्ट्रियता समाप्त गर्ने गरी एमसिसी सम्झैता पास गर्ने प्रयत्न गरेको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवा,प्रचण्ड,केपि शर्मा ओली र बाबु राम भट्टराईको पुत्ला दहन गरिएको नेकपा भिमदत्त नगर सेक्रेटरी दिपेन्द्र ऐरीले बताए ।