कञ्चनपुर फाल्गुन ११ । राष्ट्रघाती एमसीसीको बिरोधमा कैलाली कञ्चनपुर लगायत देशभर मसाल जुलुस भएको छ । एमसीसीको बिरोधमा नेकपा विप्लव ,नेकपा क्रान्तिकारी माओवादी लगायतका ६ कम्युनिष्ट पार्टीले देशभर मसाल जुलुस निकालेका छन ।
कञ्चनपुरमा राष्ट्रघाती एमसिसीको बिरोधमा नेकपा लगायतका सयुक्त दलको आयोजनामा साझँ मसाल जुलुस निकालेको नेकपा विप्लव पार्टीका भीमदत्त नगर सेक्रेटरी दिपेन्द्र ऐरीले जानकारी दिनुभयो ।
त्यस्तै कैलालीको अत्तरिया चोकमा एमसिसीको बिरोधमा मसाल जुलुस निकालिएको अखिल क्रान्तिकारी केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश संयोजक पुष्कर जोशीले जानकारी दिनुभयो । मसाल जुलुसमा एमसिसी खारेज गर ,देश बेच्न पाइदैन ,अमेरिकी दलाल मुर्दावाद , गो व्याग एमसीसी ,दलाल सरकार मुर्दावाद लगायतका नारा सहित मसाल जुलुस भएको जोशीले बताए ।
त्यस्तै कैलाली जिल्लाको विभिन्न ठाउँमा राष्ट्रघाती एमसीसीको बिरोधमा नेकपा क्रान्तिकारी माओवादी ,नेकपा विप्लव लगायतका अन्य दलहरूले मसाल जुलुस निकालेको नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल किसान महासंघ क्रान्तिकारीका केन्द्रिय सदस्य टंक कोइरालाले हाम्रो कालापानी खवर लाइ जानकारी दिनुभयो ।
राष्ट्रघाती एमसीसीको बिरोधमा कैलाली कञ्चनपुर लगायत सुदुरपश्चिमका अन्य जिल्लामा समेत मसाल जुलुस भएको नेकपा (क्रान्तिकारी माओवादी) का सुदुरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महराले जानकारी दिनुभयो ।
बिहिवार राष्ट्रघाती एमसीसीको बिरोधमा नेकपा (क्रान्तिकारी माओवादी ) नेकपा विप्लव ,लगायतका ६ कम्युनिष्ट पार्टीले देशभर जिल्ला प्रशासन कार्यालय घेरा गर्ने कार्यक्रम रहेको नेकपा (क्रान्तिकारी माओवादी) का सुदुरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महराले बताए ।