कञ्चनपुर ,फागुन, २४ । डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदमा लक्ष्मी प्रसाद जोशी नेकपा माओवादी केन्द्र पार्टीबाट उमेदवार बन्ने चर्चा चलेको छ । जोशी नेकपा माओवादी केन्द्र निकट रहेको अखिल ( क्रान्तिकारी)को केन्द्रीय उपमहासचिव सहित माओवादी केन्द्रको प्रदेश समिति सदस्य समेत भइ काम गरिसकेका युवा नेता हुन ।

लामो बिध्याथी राजनिति बाट उहाँ संगठन निर्माण र राजनीतिक बैचारिक हिसाबमा निकै अब्बल रुपमा चिनिएका छन । सानै देखि हक्की र नेतृत्वदायी भुमिका निर्वाह गर्ने जोशी, सालिन र भद्र युवा नेताको रुपमा चिनिन्छन  । डिलाशैनी  गाँउपालिकाकोको भाबी नेतृत्वको लागि युवा नेता जोशी सबै भन्दा लोकप्रिय र जनताको सर्वोकृष्ट रुचिमा पर्नु भएको छ ।

डिलाशैनी गाउँपालिका वार्ड नम्वर ७ बाईम घर भएका जोशी लामो समय देखि माआवादी पार्टीको विध्यार्थी राजनितिमा सक्रिय रहेका छन । जनयुद्धमा समेत नेता जोशी भुमिगत तथा विध्यार्थीमोर्चामा सक्रिय रहेका थिए ।

विध्याथी राजनिति संगै डिलाशैनी गाउँपालिकाको समग्र विकाश र न्यायिक आन्दोलनमा अग्रमार्चामा जोशी सक्रिय रहेका छन ।
नेकपा माओवादी केन्द्रको प्रभावशाली युवा नेताको रुपमा चिनिएका जोशी डिलाशैनीका जनताका युवा प्रिय पात्रको रुपमा स्थापित नेता रहेका छन ।
जोशीलाई डिलाशैनी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र पार्टीबाट चुनाव लड्न डिलाशैनीका जनताले सुझव दिएका छन । लक्ष्मी प्रसाद जोशी माओवादी केन्द्रको प्रभावशाली युवा नेता मात्रै नभएर एउटा इन्जिनियर समेत रहेका छन । सरकारले आगामी बैशाख ३० गते स्थानिय तहको चुनावको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुस