कञ्चनपुर । तीन दशक नेपाली काँग्रेसको राजनीतिमा होमिएका कञ्चनपुरको बेलडाँडीका एक काँग्रेस नेताले पार्टी परित्याग गरेका छन । काँग्रेस बेल्डाँडीका युवा नेता मनोरथ भट्टले पाटी परित्याग गरेको हुन । मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै भट्टले पाटी परित्याग गरेको घोषणा गर्दै आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन ।
०४६ साल सुडाको घटाल माविमा अध्ययन गर्दा नेवि संघ राजनीतिमा होमिएका भट्ट सिद्धनाथ बहुमुखी क्याम्पससम्म नेवि संघ र त्यसपछि गाँउमै काँग्र्रेसको पार्टीगत राजनीति गर्दै आएका थिए । प्रविणता प्रमाण तह उर्तिण गरेपछि उच्च शिक्षाका लागि काँग्रेस राजनीतिमा होमिएकाले उनीले थप शिक्षा आर्जन नगरी पाटीकै काममा खटिएका थिए ।
पछिल्ला दिनहरुमा पार्टीमा प्रर्याप्त विचलन, आफन्तवाद र नातावाद हावि भएकाले पुराना, इमान्दार नेता कार्यकर्ता पाखा लागिरहेको उख्लेख गरेका छन । पार्टीको क्रियाशिल सदस्य समेत त्यागेर बेलडाँडी १ बाट वडाध्यक्षको स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन । श्रमजिवी लगनशिल ईमान्दार, स्वपष्ट वक्ताका रुपमा परिचित काँग्रेस नेता भट्टले पार्टी परित्याग गरेसंगै काँग्रेसको जनमत प्रभावित हुने नेताहरुले बताएका छन ।
कामगर्ने, ईमान्दार पुराना नेता कार्यकर्ताले पाटी परित्याग गरेसंगै पार्टीलाई ठुलो क्षति हुने भन्दै काँग्रेसका केही नेताहरुले पार्टी परित्याग घोषणा निर्णय फिर्ता लिन समेत आग्रह गरेका छन । ‘पार्टीबाट जनप्रतिनिधी बन्दा भ्रष्टाचार, अनियमितता बढ्छ, ‘भट्टले भने, ‘त्यही भएर स्वतन्त्र रुपमा उम्मेदवारी दिने योजना बनाएको छु ।’ भ्रष्टाचार रहित वडाको एकिकृत विकास र सम्बृद्धिको काममा जुट्ने भट्टको प्रतिबद्धता छ ।