कञ्चनपुरको महाकाली बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र ०७८ का विद्यार्थीलाई स्वागत र होलीको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । बुधबार एक कार्यक्रमका विच शैक्षिक सत्र ०७८ का विद्यार्थीलाई स्वागत र होलीको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

मेडिकल ल्याब टेक्निोलोजी र डिप्लोमा ईन फार्मेसीका विद्यार्थीलाई महाकाली बहुप्राविधिक शिक्षालयका अध्यक्ष एव भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, शिक्षालय सदस्य कृष्णदत्त जोशी, भीमत्त नगरपालिका ४का वडाध्यक्ष लक्ष्मीदत्त बोहरा, प्रतिनिधी सभा सदस्य निरुदेवी पाल सहितका अथितिले विद्यार्थीलाई आदा, टिका लगाई स्वागत गरेका थिए ।

कार्यक्रममा शिक्षालयका प्रचार्य पंकज रावलले भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, महाकाली अस्पताल व्यवस्थापन समितिका तत्तकालिन अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर) सहितका सरोकारवााला निकायको अथक प्रयासबाट शिक्षालय संचालनमा आएको बताए ।

‘शिक्षालय संचालन भएसंगै यस क्षेत्रका विद्यार्थीलाई थप प्राविधिक शिक्षा अध्ययनमा टेवा पुग्छ, ‘उनले भने, ‘महाकाली अस्पताल रिर्फर सेन्टरबाट नभई अस्पताललाई चाहिने जनशक्ति यहीबाट आपूर्ति हुन्छ ।’

महाकाली बहुप्राविधिक शिक्षालयका निर्देशक परमल सिह साउदले कार्यप्रगति प्रतिवेदन प्रंस्तुत गर्दै हाल मेडिकल ल्याब टेक्नोलोजी र डिप्लोमा ईन फार्मेसीका कक्षा संचालन भईरहेको बताए । शिक्षालयलाई ७ कार्यक्रम अनुमती भएपनि आगामी बर्षदेखि अन्य शैक्षिक कार्यक्रम संचालन गर्ने निर्देशक साउदले बताए ।

निर्देशक साउदले आगामी शैक्षिक सत्रदेखि डिप्लोमा ईन सर्भेई ईन्जिनियर, डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ्ग लगातका थप कक्षा सच्ाांलन गर्ने, छोटो अवधिका सीपमुलक तालिम संचालन गर्ने, शुल्क घटाउँदै जाने, छात्रबृति विस्तार गर्ने, लक्षित वर्गका लागि भीमदत्त छात्रबृति स्थापना गर्ने, सुदूरपश्चिम प्रदेश तथा भीमदत्त नगर क्षेत्रमा प्राविधिक शिक्षाको विस्तार गरि पहुँच सुनिश्चित गर्न २०÷२० प्रतिशत कोटा छुट्याई थप प्राविधिक शिक्षामा जोडदिने बताए ।

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले शिक्षामा आमुल परिर्वतनका लागि नगरपालिकाका तर्फबाट थप सहयोग गर्ने बताउदै, विकासका लागि प्राविधिक शिक्षा अपरिहार्य रहेको बताए । महाकाली अस्पतालका निमित्त मेसु डा. अर्जुन भट्टले अस्पतालका तर्फबाट शिक्षालयमा आवश्यक सहयोग गर्ने बताए ।

महाकाली अस्पतालका निर्वतमान अध्यक्ष तथा शिक्षालयका सदस्य कृष्णदत्त जोशी(बोक्सर)ले दक्ष जनशक्तिका लागि शिक्षालय आवश्यक रहेको महसुस गर्दै शिक्षालय खोलिएको बताए । उनले शिक्षालयको बृद्धि विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रतिनिधी सभा सदस्य निरुदेवी पालले समेत प्राविधिक शिक्षा आजको आवश्यकता भएको भन्दै जोडदिनुभयो । शिक्षाकालयका नासु भाष्कर दत्त जोशीले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधी, विद्यालयका सदस्य, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीले नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुस