विकास सिह महता ,कञ्चनपुर ,सुदूरपश्चिम विश्वविद्यालय केन्दीय क्याम्पस विद्यार्थी कल्याण तथा खेलकुद शाखले आयोजना गरेको खेल सप्ताह-२०७८ अन्तर्गत मानविकी तथा समाजिकशास्त्र संकायले सबैभन्दा बढि स्वर्ण पदक हात पार्दै च्याम्पियनको उपाधी उचालेको छ।

आइतबार एक कार्यक्रमको आयोजनाका साथ पुरस्कार वितरण तथा खेल सप्ताह समापन गरिएको विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख शंकर पुजारले बताए।

उनका अनुसार केन्द्रीय क्याम्पसका ६ वटा संकाय विच भएको खेल सप्ताह प्रतियोगितामा सबै भन्दा बढि स्वर्ण पदक मानविकी तथा समाजिकशास्त्र संकाय ले हात पार्न सफल भएको जसमा मानविकी संकायकाले ११, व्यवस्थापन संकायकाले ६, शिक्षा शास्त्र विभागले ५, ईन्जिनियरिङ्ग ४, कम्प्युटर विज्ञान तथा प्रविधि १ स्वर्ण पदक हात पार्न सफल भए भने समान्य विज्ञान संकायले स्वर्ण पदक हात पार्न असफल भन्यो। विभिन्न खेलकुद प्रतियोगितामा कुल ८२ पदक रहेका थिए। खेल सप्ताहमा २७ वटा विधामा रहेका थिए।

मानविकी तथा सामाजिक शास्त्र विभागले क्याम्पस स्थापनको इतिहासमा पहिलो पटक सर्वाधिक ११ स्वर्ण पदक जित्दै ट्रफी उचाल्न सफल हुँदा विभागीय प्राध्यापक,कर्मचारी र विद्यार्थीहरु हर्षित भएको मानविकी तथा सामाजिक शास्त्र विभागका खेल संयोजक पृत बहादुर बिष्टले बताउनु भयो।
उनले आयोजक टिम विद्यार्थीलाई धन्यवाद समेत दिएका छन् ।
खेल सप्ताह समापन कार्यक्रममा विधार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख शंकर पुजाराको सभापतित्व , बिज्ञान तथा प्रविधि संकायका डिन प्रा. डा .भवानी चन्द ठकुरी को प्रमुख आतिथ्यता मा विशिष्ट अतिथि पुर्व डिन प्रा.डा. चन्दन सिंह बोहरा, प्राध्यपक संघ इकाई कमिटीका सभापति दीपकचन्द्र भट्ट , केन्द्रीय क्याम्पसका छ वटै विभागका विभागीय प्रमुख, खेल शिक्षक, प्रशिक्षक प्राध्यपक, कर्मचारी र विद्यार्थीहरूको उपस्थितिमा खेल सप्ताह-२०७८ पुरस्कार वितरण तथा समापन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुस