कञ्चनपुर ,चैत्र,१२ । कञ्चनपुरको भीमदत्त नगरपालिका भारत संग जोडिएको पश्चिम सिमाना ब्रह्मदेव बजारमा नेपालीहरूलाई फड लगाउन भारतीय सिमा सुरक्षा बल एसएसबीले अवरोध गरेको छ ।
भारतिय नागरिक पुर्णागिरी दर्सन गरेर नेपालमा सिद्धनाथ मन्दिको दर्सनका लागि नेपाल आउने भक्तजनहरूका लागी नेपालीहरूले सिमानाका क्षेत्रमा खटिया लगाएर व्यापार गर्न खोजेका थिए । पुर्णागिरी मेलाको समयमा सधै व्यापार गर्ने नेपाल यस बर्ष भारतीय सिमा सुरक्षा बल एसएसबीले अवरोध गरेको छ ।
नेकपा विप्लव पार्टीका युवा संगठन नेपालका जिल्ला उपाध्यक्ष दिपेन्द्र ऐरीले भारतीय एसएसबीको ज्याजती र अबरोधले नेपालीहरुले व्यापार गर्न नपाएका बताए । विगत तिन दिन देखी एसएसबीले फड लगाउन बन्देज गरेपछि वार्ताका लागी भन्दै शुक्रवार प्रशासनबाट सहायक सिडीयो सहित प्रहरीको टोली ब्रह्मदेव बजार पुगेको बताए ।
तर भारतीय एसएसबीले फड नलगाउन दिने अडान गरेपछि विना निष्कर्ष टोली फिर्ता भएको छ । शनिवार फेरी टोली वार्ताका लागी बस्ने जनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले सिमानाकाको विषय भएकाले दुवै देश बिचको सहमति अपरिहार्य हुने बताए । भारतीय सिमा सुरक्षा बल एसएसबीले कञ्चनपुरका बिभिन्न ठाउँमा पटक पटक ज्यादती र अबरोध गर्दै आएको छ ।