कञ्चनपुर चैत्र २० । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य तथा युवा नेता लक्ष्मी प्रसाद जोशीको पहलमा गृहमन्त्रालयले बैतडी जिल्ला प्रशासन कार्यालयलाइ डिलाशैनी गाउँपालिकाको केन्द्र राज्यले तोकेको ठाउँमा गर्न र सम्बधित व्यक्तीलाइ कार्बाही गर्न गराउन पत्राचार गरिएको छ ।
पत्रका साथ मन्त्रालयका सचिवले डिलाशैनी गाउँपालिकाको कार्यालय अबिलम्ब सरकारको निर्णय कार्यान्वयन गरि सोको जानकारी मन्त्रालयलाइ गराउनु भनी निर्णय सहित बैतडी जिल्ला प्रमुख अधिकारी राजेन्द्र पाण्डे लाई फोन मार्फत समेत तत्काल डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालय बन्द गरेर राज्यले तोकिएको ठाउँ कार्यालय सञ्चालन गरेर प्रशासनिक काम सञ्चालन गर्न गराउन निर्देशन दिइएको छ ।
जोशीले लामो समय देखि डिलाशैनी गाउँपालिकाको केन्द्रको बिषयमा न्यायिक आन्दोलनमा अग्रेणी भुमिका खेलेका छन । गृहमन्त्रालयले पटक पटक डिलाशैनी गाउँपालिका कार्यालयलाई गाउँपालिकाको केन्द्र कार्यालय राज्यले तोकिएकि ठाउँमा सञ्चालन गर्न पत्राचार गर्दा समेत गाउँपालिका अध्यक्ष ओकेन्द्र बोहराले पत्रको व्यवास्था गर्दै पंसेरामा कार्यालय सञ्चालन गरिरहेका छन ।
निवेदन र पत्र यस्तो रहेको छ