कञ्चनपुर चैत्र २१ । टाइफाइड रोग बिरूद्रको राष्ट्रिय खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको शुरूवात चैत्र २५ गते देखि बैशाख १८ गते सम्म कञ्चनपुरमा सञ्चालन हुने भएको छ ।
जनस्वास्थ्य कार्यालयले सोमवार पत्रकार संग जिल्ला स्तरिय एक दिने ओरेन्टेसन कार्यक्रमको आयोजना गर्दै चैत्र २५ गते देखि खोप अभियान सञ्चालन भरहेको जनस्वास्थ्य प्रमुख शिव राज सुनारले बताए । टाइफाइड रोग बिरूद्रको राष्ट्रिय खोप अभियान २५ गते देखि बैशाख १८ सम्म खोप कञ्चनपुरका सबै केन्द्र सञ्चालन हुने भएको छ ।
टाइफाइड रोग बिरूद्रको खोप पहिलो चरणमा १५ महिना देखी २ बर्ष र २ बर्ष देखि १५ बर्ष सम्मका १ लाख ६१ हजार ७६ जना बालबालिका लाइ खोप लगाउने लक्ष्य रहेको सुनारले बताए ।
टाइफाइड रोग बिरूद्रको खोप अभियानको सञ्चालनका लागि सम्मपुर्ण तयारी पुरा भएको बताए । टाइफाईड रोग बिरूद्रको खोप अभियानका लागि ७६३ जना स्वास्थ्यकर्मी स्वयम सेविका र १,५७२ जना स्वास्थ्य स्वयम सेवक परिचालन हुने भएका छन ।
टाइफाइड रोग बिरूद्रको खोप पहिले देखि खोप सञ्चालनमा रहेका खोप केन्द्र र आवस्यकता अनुसार नगर स्वास्थ्य शाखाले अन्य ठाउँमा समेत खोप लगाउने व्यवस्था मिलाएको प्रमुख सुनारले बताए ।