कञ्चनपुर । नेकपा माओवादी केन्द्रका नेताहरुले पार्टीलाई आगामी स्थानीय तहको चुनावमा जिताउनका लागि गाँउ गाँउ घर घरमा गएर चुनावी प्रचार प्रसारमा होमिन निर्देशन दिएका छन । मंगलबार महेन्द्रनतगरमा माओवादी केन्द्र कञ्चनपुरको प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका नेताहरुले कार्यकर्ताहरुलाई स्थानीय तहको चुनावमा पार्टीलाई जिताउनका लागि गाँउ गाँउ घर घरमा गएर चुनावी प्रचार प्रसार गर्न निर्देशन दिएका हुन ।
माओवादीकै संघर्षका कारण सिहदरबारको अधिकार जनताको घर आँगनमा आएको र थुप्रै अधिकार जनता पाएको बारे प्रचारप्रसारका साथै जनतालाई स्पष्ट बुझाउन समेत आब्हान गरिएको छ । माओवादीको नीतिकै कारण आएका उपलब्धीलाई संस्थागत गर्दै जनतालाई भरपुर सुविधा प्रदानका लागि माओवादीलाई नेतृत्व प्रदानका लागि समेत जनतालाई बुझाउनुपर्नेमा नेताहरुले जोडदिएका थिए ।
प्रशिक्षणको उद्घाटन गर्दै नेकपा माअोवादी केन्द्र सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले माओवादीले ल्याएका उपलब्धीको रक्षाका लागि माओवादीले नै नेतृत्व पाए थप सुशासन एव जनताले सेवा सुविधा पाउने बताए । पाटीका एजेण्डा लगेर चुनावमा होमिन इन्चार्ज भट्टले नेता कार्यकर्तालाई समेत आब्हान गरेका छन ।
प्रशिक्षण कार्यक्रममा नेकपा माअोवादी केन्द्रसुप प्रदेशका इन्चार्ज खगराज भट्ट सहितका केन्द्रीय सदस्य देवीलाल चौधरी, जिल्ला इन्चार्ज टेकेन्द्र प्रशाद भट्ट, केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, दिपा चौधरी, गोबिन्द नेपाली सहितका माओवादी नेताहरुले प्रशिक्षण दिएका थिए । माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।