कैलाली ,थारु पत्रकार संघ कैलालीको साधारण सभा तथा चौथो जिल्ला अधिवेशन बुधवार सम्पन्न भएको छ । थारु पत्रकार संघ कैलालीका अध्यक्ष प्रेम चौधरीको अध्यक्षतामा थारु पत्रकार संघ कैलालीको साधारण सभा तथा चौथो जिल्ला अधिवेशन बुधवार सम्पन्न भएको हो ।

सो अधिवेशनबाट दिनेश दहितको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा रतनलाल चौधरी, सचिवमा दिलबहादुर चौधरी, कोषाध्यक्षमा विवश चौधरी, सहसचिवमा अनिता चौधरी चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा प्रेमलाल चौधरी, गीता चौधरी, नरेन्द्र चौधरी, मोतीराम चौधरी, राजु चौधरी, श्रीशा राना चयन भएका छन् । साथै थारु पत्रकार संघ नेपालको यहि चैत २५ र २६ गते नवलपुरको अमलटारीमा हुने पाँचौं राष्ट्रिय महाधिवेशन तथा १० औं साधारण सभाका लागि केन्द्रीय प्रतिनिधि छनौट गरिएको छ । केन्द्रीय प्रतिनिधिहरूमा प्रेम चौधरी, भीमबहादुर चौधरी, ईन्दु चौधरी, लखन चौधरी, अविनाश चौधरी, राम दहित, सागर कुश्मी, दिनेश चौधरी छनौट भएका छन् ।

प्रतिक्रिया दिनुस