दिपकराज भट्ट् ,
डडेल्धुरा भागेश्वर सुदुरपशिचमेलिहरुको महान चाड गौरा पर्व मनाउन रोजगारीका लागि बाहिर गएका र पहाडबाट बसाई सरेर तराइ झरेका पनि गौरा मान्न घर फर्किएका छन । सुनसान हुने गाउँमा गौराको लागि चलपहल सुरु हुन थालेको छ ।
गाउँका चोक चौराहमा यातायातका साधन आउने जाने क्रम बढेको छ । डडेलधुरामा मात्र होइन, सुदूरपहाडका प्रायः सवै गाउँंमा गौराको तयारी सुरु भएको छ । प्रमुख सांस्कृतिक पर्व गौरा मनाउन फर्कनेको लर्को लागेको छ । सदरमुकामवाट ग्रामीण क्षेत्रसम्म यातायातका साधानमा भीड पनि बढेको छ । बजारहरूमा गौराका लागि चाहिने सामान खरिद गर्नेको भीड बढेको हो । गौरा सुरु हुन अझै ३ दिन बाँकी छ । तर सदरमुकामदेखि गाउँं–गाउँमा गौराको रौनक सुरु भइसकेको छ ।
सुदूरपश्चिम प्रदेशको प्रमुख सांस्कृतिक पर्व गौराको सदरमुकामदेखि ग्रामिण भेकसम्म ब्यापक तयारी गरिएको छ । प्रदेशका हरेक जात जाती, बर्ग र क्षेत्रका वासिन्दाको विभेदरहित साझा सांस्कृतिक पर्व भएका कारण पनि गौराको उत्साह र रौनक वेग्लै हुने गरेको छ ।
गौरा भित्र्याउने घर आँगनदेखि सामुहिक गौरा घरको सरसफाइसँगै गौरा बिर्सजन गर्ने मठ मन्दिरमा पनि सरसफाइ सुरु भएको छ । गाउँदेखि जिल्ला सदरमुकाममा हुने गौरा महोत्सवको प्रचार पनि सुरु भइसकेको छ । वर्षाले बन्द भएका, भत्किएका मठ मन्दिर जाने बाटाघाटा र बिरुडा भिजाउने परम्परागत कुवा, नाउलाको सफाइ गरिएको छ ।
महादेव वर पाउन देवी पार्वतीले गरेको कठिन तपस्या र व्रतको सम्झना गर्दै सुदूरमा पौराणिककालदेखि मनाइदै आएको पर्वका रुपमा गौरालाई लिइन्छ । गौरा बिसर्जन गरिने मठ मन्दिरमा भाद्र संक्रान्तिका दिन पुरुषहरू जम्मा भएर देवी–देवताको ठाडो खेल गाउंदै गौरा पर्व सुरु भएको सन्देश दिने गरिन्छ ।
पञ्चमीका दिन महिलाहरूले सामुहिक रुपमा बिरुडा (५ प्रकारका अन्न मिसाएर बनाइने) स्थानीय जलाशयमा गएर भिजाउने, अर्को दिन परम्परागत कुवा र नाउलामा गौरा पूज्ने र अमुक्ताभरण सप्तमीका दिन गौरा भित्र्याउने चलन छ । एक साता मनाइने गौरा धार्मिक मात्र नभएर सुदूरपश्चिमको सांस्कृतिक र सामाजिक महत्व वोकेको प्रमुख पर्व पनि हो ।
‘गौरा पर्व मात्र नभएर सभ्यता पनि हो । ‘पौराणिक सभ्यतामध्ये गौरा सभ्यता सबैभन्दा प्राचीन मानिन्छ ।’ गौरामा गाइने फाग, चैत, धुमारी र ठाडो खेल धार्मिक गतिविधिमा आधारित छन । डेउडा प्राचीन तथा समकालीन विषय वस्तुमा गाउने गरिएको छ । ‘गौरा सुरु भएदेखि गाइंदै आएका फाग, चैत, धुमारी र ठाडो खेल जस्ता लोक काब्यमा प्राचिन इतिहास लुकेको हन्छ ।’
एकातिर देवीदेउताका चैत, फाग, धुमारी, ठाडो खेल र डेउडा गाएर धार्मिक लोककाव्य जिवन्त राख्ने परम्परा छ भने अर्को्तिर नेपाल एकीकरणका वीरहरूका गाथा डेउडाका रुपमा गाएर राष्ट्रिय एकतालाइ पनि गौरा पर्वले संरक्षण गरेको हुन्छ । संस्कृतिविद् प्राध्यापक डा. भोजराज पन्त भन्छन् ‘यो धार्मिक तथा सामाजिक महत्वको अद्भूत सांस्कृतिक पर्व हो ।’ बल, तील, गुभा, धान र साउं का बोटबाट बनाइने गौरा र शिवका रुपमा काठको प्रतिमा स्थापित गरि एक हप्ता सम्म पूजा गर्ने परम्परा छ ।
नया विहित पुरुष हरूले घर भित्र्याउने परम्परा रहेको गौरा बिर्सजन गर्दा भने विवाहित बुहारीले टाउकोमा नचाउँदै धार्मिक गीत गाउँंदै स्थानीय मठ–मन्दिरमा लैजान्छन । मठ मन्दिरमा धामी र पुजारीहरूले गौरालाइ विधिवत बिर्सजन गर्ने परम्परा छ ।
गौरा पर्वको अवसरमा स्थानिय तहहरुले डेउडा खेल प्रतियोगिता राख्ने समेत गरेका छन । गौरा पर्व सुदुरपश्चिमेलिहरुको महान चार्ड हो । यस पर्वका लागि स्वदेश तथा विदेश बाट नेपालिहरु घर फर्किने गर्दछन । विरुडा भिजाउने चलन यस पर्वको प्रमुख विशेष हो । उस पर्वको अवसरमा पुरुस तथा महिलाले डेउडा,चैत्र,धुमारि,फग गाउने गर्छन र पुर्ण रुपमा आनन्द लिन्छन । तर
गौैरामा गाइने फाग, चैत, धुमारी र ठाडो खेल धार्मिक गतिविधि लोप हुद गएका छन ।
पछिल्लो समयमा युवा पिडिमा यस गौरा पर्वको महत्व बारे जानकारि नहुदा गौरा पर्वको महत्व घटदै गएको छ । पौराणिक कथामा आधारि हुने फाग, चैत, धुमारी र ठाडो खेल युवा पिडिमा प्रचारप्रसार नहुदा लोप हुने अवस्था रहेको भागेश्वर गँउपालिकाका ८२ बर्षिय शिबराज भट्ट्ले बताए । यसको जर्गेनाको लागि यहाका स्थानिय तहले भुमिका खेल्नुपर्ने उँहाको भनाई छ ।