सुनिल राना, असार १६
कञ्चनपुरकोे एक सामुदायिक विद्यालयले माध्यामिक परीक्षा शिक्षा(एसईई)मा उत्कृष्ट नतिजा ल्याएको छ । भीमदत्त नगरपालिका १२ ऐरीको न्यू सरस्वती विद्या मन्दिर (विद्यालय) ले गत शैक्षिक सत्र ०८१ मा संचालन भएको माध्यामिक परीक्षा शिक्षा(एसईई)मा उत्कृष्ट नतिजा ल्याएको हो ।
गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेकोे माध्यामिक शिक्षा परीक्षा(इसईई) ०८१ को नतिजा अनुसार उक्त विद्यालयका २४ विद्यार्थी उर्तिण भएका छन । न्यू सरस्वती विद्या मन्दिर(विद्यालय)का प्रिन्सिपल अम्मराज भट्टले कुल २५ विद्यार्थी एसईई परीक्षा सहभागि मध्ये २४ उर्तिण भएको बताए । प्रिन्सिपल भट्टका अनुसार एक विद्यार्थीले ए प्लस, ६ विद्यार्थीले ए, १२ विद्यार्थीले बिप्लस र ५विद्यार्थीले बि ग्रेट ल्याएका छन ।
शैक्षिक सत्र ०८१को एसईईमा नेहा भट्ट छात्रा विद्यालयकी टपर विद्यार्थी भएकी छिन । नेहाले ३.८७जिपिएर ल्याएकी हुन । ‘अनुतिर्ण भएका विद्यार्थी परीक्षाकै बेला बिरामी थिए, ‘प्रिन्सिपल भट्टले भने, ‘उनको प्रयास गर्दा गर्दै पनि अपेक्षाकृत नतिजा ल्याउन सकेनन, अब ग्रेटबृद्धिमा ल्याउने हामीलाई आशा छ ।’ प्रिन्सिपल भट्टदे आगामी दिनमा सत प्रतिशत नतिजा ल्याउनका लागि विद्यालयले थप शैक्षिक गुणस्तरका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन । शैक्षिक गुणस्तरका क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउँदै आएको विद्यालयले एसईई मात्रै नभई अन्य कक्षाका विद्यार्थीमा समेत उतिकै मेहनत गरेको जनाएको छ ।