कञ्चनपुर, असार १६
कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण प्रतिशत कायमै राखेकोे छ । बेदकोट नगरपालिका ७गाउजीको अमरज्योती विद्या निकेतन(विद्यालय)ले एसईईमा विद्यार्थी उर्तिण प्रतिशत निरन्तर कायमै राखेको होे ।
गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेकोे माध्यामिक शिक्षा परीक्षा(इसईई०८१)को नतिजा अनुसार उक्त विद्यालयका २३ विद्यार्थी उर्तिण भएएका छन । अमरज्योती विद्या निकेतन(विद्यालय)का प्रिन्सिपल हरसिह खत्रीले २६ विद्यार्थी सहभागि भएको एसईईमा २३ उर्तिण र ३अनुतिर्णय भएको बताए ।
०८०को एसईईमा नगरमै पहिलो भएको विद्यालयले ०८१मा ८४.४६प्रतिशत विद्यार्थी उर्तिण सफल भई उत्कृष्ट नतिजा ल्याएको छ । निरज साउद र सन्ध्या ऐर विद्यालयकै उत्कृष्ट विद्यार्थी भएका छन । ऐर, साउदले ३.८३जिपिएर ल्याएका छन । विद्यालयले ३जनाको बिग्रीएको नतिजा समेत ग्रेटबृद्धिमा सुधार हुने अपेक्षा गरेकोे छ । प्रिन्सिपल खत्रीले आगामी दिनमा सत प्रतिशत नतिजा ल्याउनका लागि विद्यालयले थप शैक्षिक गुणस्तरका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।