कञ्चनपुर ,बैशाख, ०५।  कञ्चनपुरमा राष्ट्रिय कृषि गणना २०७८ का बारेमा जिल्ला स्तरीय सचेतना गोष्ठी आईतवार सम्पन्न भएको छ । कृषि गणना कार्यालय कञ्चनपुरको आयोजनामा राष्ट्रिय कृषि गणना २०७८ का बारेमा जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न भएको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको उक्त गोष्ठीमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रतिनिधी, कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका प्रतिनिधी, तथ्यांक कार्यालय कञ्चनपुरका प्रतिनिधी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

उक्त राष्ट्रिय कृषि गणना २०७८ का बारेमा जिल्ला स्तरीय सचेतना गोष्ठीमा बोल्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कृषि गणनालाई सफल पार्नका लागि सबैको सहयोग आवश्यक रहने बताउनु भयो । कृषि सम्बन्धि योजना बनाउनका लागि कृषि गणनाबाट प्राप्त हुने तथ्यांकले सहयोग पुग्ने भएकाले कृषि गणनालाई सफल पार्नुपर्नेमा उहाले जोड दिनु भयो ।

उक्त राष्ट्रिय कृषि गणना २०७८ का बारेमा जिल्ला स्तरीय सचेतना गोष्ठीमा कृषि गणनाका बारेमा तथ्यांक कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख गोविन्द न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाका अनुसार अहिले हुन गई रहेको कृषि गणना सातौँ कृषि गणना हो । यही वैशाख ६ गतेदेखि उक्त कृषि गणनाको कार्य सुरु हुने छ ।

प्रतिक्रिया दिनुस