कञ्चनपुर, बैशाख ,८।  नेकपा माओवादी केन्द्र पार्टीबाट डिलाशैनी गाउँपालिकाको अध्यक्षका लागि  ५ जना आकांक्षी देखिएका छन । डिलाशैनी गाँउ कमिटि पदाधिकारीको बैठकले सर्वसम्मतबाट टुङ्गो लगाउन सहमति गरेपनि सहमति हुन सकेन लामो समयको छलफल पछि ५ जना अध्यक्षका आकांक्षीको नाम सुदुरपश्चिम प्रदेश कमिटि लाई सिफारिस गरेको छ ।

बिहिवार गोकुलेश्वर मा बसेको  डिलाशैनी गाँउ कमिटि पदाधिकारीको बैठकले डिलाशैनी गाउँपालिका  अध्यक्षका लागि लक्ष्मी प्रसाद जोशी ,पार्वती नेगी, लोकेन्द्र राना, अर्जुन राना,बल बहादुर माल लाइ प्रदेसमा नाम सिफारिस गरेको हो ।

डिलाशैनी गाउँपालिकाको  समग्र विकासको लागि वैद्धिक व्यक्ती लक्ष्मी जोशीको नाम सर्वसम्मत गर्ने तयारीमा रहेका नेताहरूले अन्य आकांक्षी उमेद्धारले सहमति नगरेपछि  प्रदेश कमिटिमा नाम सिफारिस भएको हो । सत्ता गठबन्धनमा रहेका दलहरूले सहमति गरेर डिलाशैनी गाउँपालिकामा माओवादी केन्द्र लाई अध्यक्ष दिने निर्णय गरेका छन ।

प्रतिक्रिया दिनुस