कृष्ण नेपाली,कञ्चनपुर, बैशाख, ११ । कञ्चनपुरको भीमदत्त नगरको मेयरका लागि होटल व्यवसयी तथा ईन्जिनियर कोमल बहादुर सिहले स्वतन्त्र उम्मेदवारी दिएका छन

महेन्द्रनगर बजारमा  छलियानाच, पञ्चेबाजागाजा सहित सिहले भीमदत्त नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । आफ्नो चुनाव प्रचारप्रसार सचिवालय भीमदत्त नगरपालिका १८ महेन्द्रनगर बजारदेखि निर्वाचन अधिकृतको कार्यालसम्म छलियानाच, पञ्चेबाजागाजा र्याली निकालेर उम्मेदवारी दर्ता गराएका हुन । स्वतन्त्र उम्मेदवार सिहले भ्रष्टाचार निर्मुल पार्ने एजेण्डा अघि सारेका छन ।

स्वतन्त्रमा सिहसंगै कञ्चनपुरका ९ वटै पालिकामा उम्मेदबारी दर्ता काम शुरु भईरहेको छ । ‘पहिलो दिन ठुला भन्ने दलहरूले उमेद्धवारी दर्ता गर्न सकेका छन   कञ्चनपुरमा ९ पालिका सहित ९२ वडाका लागि ४ सय ७८ जनप्रतिनिधीका चुनिनेछन ।

प्रतिक्रिया दिनुस