कञ्चनपुर बैशाख २१ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ मा रहेको श्री शिवशक्ती माध्यमिक बिध्यालय कालागौडीका प्रधानाध्यापक लोकराज पन्त बिध्यालयको पोशाकमा नेकपा एमालेको चुनावी  प्रचारमा व्यस्त रहेका छन ।

केहिदिन देखि प्रधानाध्यापक लोकराज पन्त नेकपा एमालेको चुनावी प्रचारमा सक्रिय रहेका छन । निर्वाचन आयोगको आचार संहिता बिपतित चुनाव प्रचारको सभालाई सम्बोधन गरिरहेका छन ।

मंगलवार प्रधानाध्यापक लोकराज पन्तले नेकपा एमालेको सात सूर्यमा भोट हाल्न अनुरोध गर्दै चुनाव प्रचारमा लागेको भिडियो समाजिक सञ्जालमा भाइरल बनेको छ ।यस बिषयमा प्रधानाध्यापक लोकराज पन्तलाई फोन सम्पर्क गर्दा आफु नेकपा एमालेको प्रचारमा नगएको बताए ।

प्रतिक्रिया दिनुस