कैलाली भाद्र ४, सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमेली हरुको महान गौरा पर्वको अवसरमा भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाउँदै गौरा पर्वको अवसरमा ६ गते सार्वजनिक विदा दिएको जनाएको छ। यसअघि प्रदेश मन्त्रीपरिषद्को बैठकले गौरामा भने विदाको निर्णय गरेको थिएन्।

मन्त्रीपरिषद् बैठकबाट निर्णय गर्दै साउन ३० गते पर्ने रक्षा बन्धन, भाद्र १५ गते परेको अँटवारी पर्व, पौष १० गते परेको भुँवा पर्व र माघ १ गते परेको माघे संक्रान्तिका दिन सार्वजनिक विदा दिएपनि प्रदेश सरकारले सुदूरपश्चिमको मौलिक सस्कृतीसंग जोडिएको गौरालाई सम्वोधन नगरेको भन्दै विरोध समेत भएको थियो।

 

प्रतिक्रिया दिनुस