कञ्चनपुर, भाद्र ४, कञ्चनपुर र बैतडीबाट एकै सात प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले छैटौँ बर्ष पुरा गरेर सातौँ बर्षमा प्रवेस गरेको अवसरमा फलफुल तथा खाद्यान्न वितरण छ । भदौँ ४ बुधबारदेखि जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले सातौँ बर्षमा प्रवेस गरेको हो । दैनिकले सातौँ बर्षमा प्रवेस गरेको अवसरमा कञ्चनपुरको बेदकोट नगरपालिका–८ रौटेलमा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र बृद्धआश्रमको सुधारका विषयमा छलफल एव त्यहाँ आश्रित जेष्ठ नागरिकलाई फलफुल वितरण गर्नुका साथै खाद्यान्न हस्तान्तरण गरेको छ ।
दैनिक पत्रिकाको बार्षिकोत्सव अवसरमा असाहयलाई केही राहत दिने उदेश्यले खाद्यान्न हस्तान्तरण गर्नुका साथै फलफुल वितरण गरिएको जनसरोकार पोष्ट राष्ट्रिय दैनिकका प्रकासक राजेन्द्र प्रशाद अवस्थीले बताए । प्रकासक अवस्थीका अनुसार चामल, दाल, तेल लगायत फलफुल सहयोग गरिएको छ । बैजनाथ धामको स्तरोन्नती गर्ने सरोकारवाला निकायले बताएका छन् ।
छलफल कार्यक्रममा बेदकोट नगरका मेयर अशोक कुमार चन्दले बैजनाथ धामको बृद्धि विकास र सुधारका लागि नगरका तर्फबाट पहल गर्ने बताए । मेयर चन्दले पछिल्लो समयमा समाजमा बढ्दै गएको समाजिक विकृती एव संस्कारका कारण जेष्ठ नागरिक वेसाहरा बन्दै गएको अवस्थामा धामको विकासमा जोडदिए ।
बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खडकाले धामको बृद्धि विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोडदिए । प्रदेश सभा सदस्य खडकाले सो क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्नका लागि आफ्नो क्षेत्रबाट पहल गरिरहेको समेत बताए ।
पुर्णागिरी दर्शनपछि ब्रम्हदेबको सिद्धनाथ मन्दिर आउने पर्यटनकलाई बैजनाथ धाम हुँदै गोदावरीसम्म पु¥याउनुपर्नेमा जोडदिए । प्रदेशका तर्फबाट भौतिक संरचना निर्माणका लागि आवश्यक बजेटको प्रबन्धका लागि आफु लागि परेको खडकाले बताए । जनसरोकार पोष्ट राष्ट्रिय दैनिकका प्रकासक राजेन्द्र प्रशाद अवस्थीले दैनिकले आगामी दिनमा राष्ट्र, राष्ट्रियता र जनतताको हितकामा काम गर्दै नागरिकलाई थप सुचनाको पहुँचमा पु¥याउने प्रतिबद्धता दिए ।

प्रतिक्रिया दिनुस