कञ्चनपुर । बेलडाँडीमा बाम गठबन्धनका उम्मेदवार जिताउनका लागि लोसपा नेता एव राना समुदायका नेता डुठ्ठा राना सहितका राना समुदायका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन ।

सोमबार बेलौरीमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा आयोजना गरेको चुनावी सभामा बेलडाँडीका लोसपा नेता राना सहितका राना थारु समुदायबाट सयौाले माओवादी केन्द्र प्रवेस गरेका हुन ।

आदिवासी, जनजाति, दलित थारु समुदायको हक अधिकारका लागि माओवादीले थुप्रै अधिकार दिलाएको भन्दै राना समुदायका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन । नारद सिह राना, घुम्मन राना, गुरुलाल राना, छेटेलाल राना दुलारे राना, रामफुलन राना, मण्डी राना, पदम राना, श्याम राना, भगवती चौधरी, पार्वती चौधरी, देवसिह राना अमर सिह राना सहित सयौँ राना थारु समुदायबाट माओवादीमा प्रवेस गरेका हुन ।

उनीहरुले बेलडाँडीमा बामका तर्फबाट प्रमुखका उम्मेदवार ईश्वरी दत्त, उप प्रमुखका उम्मेदवार कल्पना गिरी सहितका बाम गठबन्धनका इमान्दार विवाद रहित नेताहरुलाई जिताएर गाँउलाई सम्बृद्ध बनाउने उदेश्यले माओवादीमा प्रवेस गरेको बताएका छन ।

चुनावको पुर्व सन्ध्यानमा बेलडाँडीमा राना थारु माओवादीमा प्रवेस गरेसंगै बामका उम्मेदवारको पक्षमा जनमत बृद्धि भईरहेको नेकपा माओवादी केन्द्र बेलडाँडीका सचिव चेत ब. शाहले बताए ।

सचिव शाहका अनुसार स्वतन्त्र उम्मेदवार एकेन्द्र शाह सहित युवा, जनताहरुको बामका उम्मेदवारलाई राम्रो साथ सर्मथन रहेको छ । बेलडाँडीमा यस अघि एमाले,काँग्रेसले स्थानीय सरकारको नेतृत्व लिईसकेकाले स्थानीय सरकारको परिकल्पनाकार पाटी माओवादीका उम्मेदवारलाई जिताउनका लागि जनताको साथ पाईएको उनले बताए ।

प्रतिक्रिया दिनुस