कञ्चनपुर । नेकपा (बहुमत)पार्टीले कञ्चनपुरमा एक्सन शुरु गरेको छ । निर्वाचन आचार संहिता उलङघन गरेको भन्दै बहुमत पार्टीका नेता कार्यकर्ताहरुले एमाले नेता रविन्द्र कुँवर चढेको भारतीय नम्बर प्लेटको जिपकार प्रहरीमा पु¥याएका छन ।

नेकपा बहुमत पार्टीका नेता दिपेन्द्र सिह ऐेरीले संसदीय व्यवस्थामा पैशाका बलमा गरिब बस्तीमा आचार संहिता विपरित प्रचार प्रचार र पैशा वितरणमा हिडेको भन्दै एमाले नेता कुँवर चढेको गाडीलाई प्रहरीमा पु¥याएका थिए ।

राजनीतिक दल र उम्मेदबारका मान्छेहरुले चुनावका बेला पैशा वितरण गर्न लागेको भन्दै भीमदत्तका एमाले नेता रविन्द्र कुँवर चढेको भारतीय नम्बर प्लेटको सवारी साधान नियन्त्रणमा लिएर ब्रम्हदेब प्रहरी चौकीमा बुझाएको उनले बताए । प्रहरीले कुँवरको झोला, गाडी चेकजाँच गरेको थियो ।

प्रतिक्रिया दिनुस