कञ्चनपुर, बैशाख ,२९ । नेपाल कम्युनिष्ट पार्टी बहुमतका संयोजक धर्मेन्द्र बास्तोला कञ्चन पक्राउ परेका छन् । बास्तोला लाइ बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरेको पार्टीका एक नेताले बताए ।
स्थानीय निर्वाचनको ठिकअघि उनलाई चुनाव बहिष्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको बताइएको छ । तर पार्टीले चुनावमा नजाने तर यदि देशभक्त, एमसीसी विरोधी र क्रान्तिकारी स्वतन्त्र उम्मेदवार भए सघाउने नीति लिएको छ।
चुनावकै विषयलाई लिएर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा विप्लव पार्टीबाट विभाजन भएर उनले केही दिन अघि मात्र पार्टी पुनर्गठन गरेका थिए । गत वैशाख २१ गते विप्लवलाई महासचिव बाट हटाएर नेकपा बहुमतका संयोजक भएका हुन् ।
उनी घर हुँदै शुक्रबार कोहलपुरमा तय भएको पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुने तय भएको थियो । नेपाल कम्युनिष्ट पार्टी बहुमतका संयोजक धर्मेन्द्र बास्तोला कञ्चन पक्राउ गरेको भन्दै समाजिक सञ्जालमा प्रहरी र सरकारको चर्को बिरोध भइरहेको छ ।