कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका ६ मा नेपाली काँग्रेसको किल्ला भत्काउँदै नेकपा माओवादी केन्द्र निर्वाचित भएको छ ।

निर्वाचन आयोगको कार्यालय बेदकोटका अनुसार मगलबार साँझ सम्पन्न मत गणना अनुरुप बेदकोट ६मा माओवादीका तुलसी राना निर्वाचित भएका छन ।

माओवादीका उम्मेदवार रानाले काँग्रेसका उम्मेदवार धनसिह पुजारालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका छन ।

नेकपा माओवादी केन्द्र बेदकोट नगरका उपाध्यक्ष भीम भट्टले कम्यूनिष्टले उक्त वडामा ईतिहास रचेको बताए । निर्वाचित रानालाई नेकपा माओवादी केन्द्रीय सदस्य ओम विक्रम भाट(सरल), उप प्रमुखका उम्मेदवार सीमा जैसी सहितका नेता कार्यकर्ताले बधाई ज्ञापन गरेका छन ।

प्रतिक्रिया दिनुस