कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३नम्बर वडाध्यक्षमा नेपाली काँग्रेसका युवा नेता गगन धामी निर्वाचित भएका छन । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार धामीले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उपेन्द्र कुँवरलाई १३४मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । धामीलेल ७१३, माओवादीका कुँवरले ५७९, राप्रपाका कमलेस सिहले ५११ र एमालेका डब्बल सिहले २३६मत ल्याएका थिए । भीमदत्त नगरपालिका ३को वडाध्यक्षमा निर्वाचित भएका धामीले जनताको चाहना अनुरुप वडाको दिगो विकास र सम्बृद्धि गर्ने बताएका छन ।

प्रतिक्रिया दिनुस