कञ्चनपुरमा पनि सुर्तीजन्य पदार्थ रहित दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय कंचनपुरले मंगलवार मे ३१ तारिखका दिन सुर्तीजन्य पदार्थ रहित दिवस मनाएको हो । एक छलफल कार्यक्रम र ¥याली निकाल्दै दिवश मनाइएको हो ।

छलफल कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले पछिल्लो समय नसर्ने रोगहरुको जोखिम बढि रहेकाले नसर्ने रोगहरुबाट बच्नका लागि सुर्तिजन्य पदार्थको सेवन गर्न छाड्नुपर्ने बताउनु भयो ।

साथै उहाले स्वस्थ्य जीवनशैली अपाइएमा नसर्ने रोगहरुबाट बच्न सकिने बताउनु भयो । कार्यक्रममा बोल्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले सुर्तीजन्य पदार्थको न्युनीकरण गर्नका लागि र सुर्तीजन्य पदार्थ रहित समाजका लागि भीमदत्त नगरपालिकाले पहल गर्ने बताउनु भयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले पनि सुर्तीजन्य पदार्थ रहित समाज निर्माणका लागि लाग्नुपर्नेमा जोड दिएका थिए । साथै सुर्तीजन्य पदार्थ रहित दिवशको अवशर पारेर ¥याली समेत निकालिएको थियो । उक्त कार्यक्रममा कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारी, जनप्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

यसैविच नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको ज्यान जाने गरेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले आज विज्ञप्ति जारी गर्दै नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको ज्यान सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको जनाउनु भयो । जुन सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो। विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ। जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्याङ्कले देखाएको छ । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्दछ।

प्रतिक्रिया दिनुस