कञ्चनपुर ,जेठ ,३० । कञ्चनपुरको भीमदत्त नगरपालिकाले गर्मी बढेको भन्दै विद्यालयमा बिदा थप गरेको छ ।

भीमदत्त नगरपालिकामा रहेका विद्यालयमा ४ दिन बिदा दिएको भीमदत्त नगरपालिकाले थप बिदा दिने निर्णय गरेको हो ।

गर्मी कम नभएको भन्दै सोमबारदेखि असार २ गतेसम्म बिदा थप गरिएको हो । यसअघि जेठ २४ गतेदेखि २७ गते विद्यालयमा बिदा दिइएको थियो । गर्मीयाम बढेसंगै विद्यार्थीहरु विद्यालय जान आउन समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुस