कञ्चनपुर । कञ्चनपुर दक्षिणी क्षेत्रको छोटी भन्सार कार्यालय संचालनका लागि गृह र परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र पठाईएको छ । बेलौरी नगरपालिकाले सोमबार छोटी भन्सार कार्यालय संचालनका लागि गृह र परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र पठाईएको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत बेलौरी नगरपालिकाले दुवै मन्त्रालयमा ज्ञापन पत्र पठाएको जनाएको छ । नगर प्रमुख पोतिलाल चौधरी र उप प्रमुख जोगराम चौधरीले प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेलाई ज्ञापन पत्र बुझाएका थिए ।

बषौँदेखि भन्सार नाका संचालन नहुँदा सुदूरपश्चिमकै विकासमा प्रभाव परेको भन्दै बेलौरी नगरका मेयर पोतिलाल चौधरीले बताए । मेयर चौधरीले नाका संचालनका लागि यस अघि पनि पटक पटक नगरपालिका तर्फबाट प्रदेश, संघीय सरकारलाई डेलिगेशन गरिएको बताए ।

यसका साथै बेलौरी नगरपालिकाले गृह र परराष्ट्र मन्त्रालयमा भारतीय एसएसबीबाट बेलौरी ८ हुलाकी सडक अवरोधदेखि अन्य क्षेत्रमा गरिरहेको हस्तक्षेप नियन्त्रणका लागि समेत पहल गरिदिन आग्रह गरिएको छ । बेलौरीका सीमा क्षेत्रमा भारतीय पक्षबाट भईरहेको अवरोध हस्तक्षेप रोक्नका लागि समेत नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुस