कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि पिताम्बर जोशी र गणेश दत्त जोशी दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन । सदस्य सहित अन्य पदाधिकारीमा सहमती भएपनि अध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव पदमा सहमती भएको छैन ।

तीन पदमा सहमती नहुँदा अन्तत अध्यक्ष सहित तीन पदाधिकारीका लागि वाणिज्य संघले चुनाव प्रकृया अपनाउनुप¥यो । वाणिज्य संघको नेतृत्वका लागि पिताम्बर जोशी सदस्य, बरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षका लागि देखिएका छन ।

गणेश दत्त जोशी उपाध्यक्ष हुँदै यस अघि अध्यक्षको जिम्मेबारी लिईसकेका हुन । वाणिज्य संघमा पिताम्बर जोशीले बरिष्ठ उपाध्यक्ष पछि अध्यक्ष राजेका छन । भने गणेश दत्त जोशी यस अघि एक पटक अध्यक्ष भईसकेका हुन, उनले पुन अर्को पटक अध्यक्ष रोजेका छन । अध्यक्षका प्रत्यासी जोशीद्वयले आ–आफ्नो प्यानललाई पुर्व अध्यक्ष, पदाधिकारीले साथ दिएको दावि गरिरहेका छन ।

कञ्चनपुरका अधिकाँस व्यवसायी यतीबेला पिताम्बर जोशी पक्षमा देखिएका छन । पिताम्बर जोशीको दाविलाई स्वभाविक एव प्राकृतिक न्यायको सिद्धान्त अनुरुप भएको भन्दै अधिकाँस व्यवसायीले जोशीको उम्मेदवारी पक्षमा वकालत गरिरहेका छन ।

गणेश जोशी यस अघि नेतृत्वमा आईसकेकाले उनको दाविलाई खासै बलियो रुपमा हेरेका छैनन । उद्योगी व्यवसायीले यस पटक वाणिज्य संघको नेतृत्व पिताम्बर जोशी र उनको प्यानलको पक्षमा उभिएका छन ।

उद्योगी व्यवसायीहरुले यस्तो भन्दैछन, ‘यस पटक वाणिज्य संघमा नयाँ नेतृत्व ल्याउँनुपर्छ, पालो पिताम्बर जोशीकै हो ।’ युवा व्यवसायी एव क्रमिक रुपमा नेतृत्वमा आईरहेका जोशीलाई दिनुपर्ने पक्षमा देखिएका छन ।

सुरेश रावल, जंग बहादुर मल्लका पालादेखि संघमा स्थापित मुल्य मान्यता र क्रमिक रुपमा संस्थाको नेतृत्वको अवसर दिईरहेको भन्दै यस पटक पिताम्बर जोशीकै नेतृत्वमा संघ ल्याउनुपर्ने पक्षमा पुर्व अध्यक्ष देखिएका छन ।

पिताम्बर जोशीको प्यानलले जिल्लाभरीका उद्योगी व्यवसायीसंग आफ्ना एजेण्डा लिएर भेटघाट गरेका छन । सम्मानित उद्योगी व्यवसायीको व्यवसायिक हकहितका लागि भन्दै आफ्नो प्यानलाई मत दिन आब्हान गरिएका छन ।

पिताम्बर जोशी प्यानललाई वाणिज्य संघका पुर्व अध्यक्ष एव पदाधिकारीले खुलेरै साथ सर्मथन जनाएका छन । वाणिज्य संघका निर्वतमान अध्यक्ष जंग बहादुर मल्लले अहिलेको आवश्यकता अनुरुप पिताम्बर जोशीको टिम निर्माण भएकाले संस्थाका विकासका लागि पिताम्बर जोशीको प्यानलार्ई बहुमतका लागि निर्वाचित गराउन आब्हान गरेका छन ।

पिताम्बर जोशी प्यानलमा अब्बल पदाधिकारी आएको भन्दै उनले सहयोगका लागि अपिल समेत गरेका छन । पुर्व अध्यक्ष माधव प्रशाद भट्टले संस्थागत विकास र संस्कारका लागि एक पटक बरिष्ठ उपाध्यक्ष भईसकेका युवा उद्यमी व्यवसायी पिताम्बर जोशीलाई जिताउन आब्हान गरेका छन ।

‘यो टिमलाई वाणिज्य संघमा ल्याउनुपर्छ, ‘उनले भने, ‘संस्था, आम व्यवसायी उद्योगीको हित र संस्थागत विकास गर्न जरुरी छ ।’ अमृत डिस्टिलरी, स्नेहा सोप एण्ड केमिकल प्रालि लगायत दर्जनौँ कम्पनीका संचालक रहेका पिताम्बर जोशीले झण्डै १४ सय बेरोजगार युवाहरुलाई रोजगारी समेत दिलाएका छन । खान्दानी व्यवसायमा रहेका जोशी किशोराअवस्थादेखि व्यवसायमा जुटेका थिए ।

प्रतिक्रिया दिनुस