कञ्चनपुर । कञ्चनपुरको पहिलो सदरमुकाम बेलौरीमा रहेको ऐतिहासिक, धार्मिक पुरातात्विक महत्व राख्ने कालिका मन्दिरलार्ई परदेशी नेपाली नागरिकले सहयोग गरेका छन । रोजगारी, अध्ययनका लागि जापानमा रहेका बेलौरीका स्थानीय नेपाली नागरिकले कालिका मन्दिरका लागि मूर्ति सहयोग गरेका हुन ।
नेपाल जापान सम्पर्क मञ्च(बेलौरीका स्थानीय)द्वारा उक्त कालिका मन्दिरलाई मूर्ति सहयोग गरेका छन । बेलौरी नगरपालिका ४ का वडाध्यक्ष अर्जुन ढकालले उक्त मूर्ति स्थापनाका लागि बेलौरी घर भई जापानमा रहेका नेपालीसंग समन्वय गरेका थिए । बिहीबार एक कार्यक्रमका विच उक्त मूर्ति मन्दिर समितिलाई हस्तान्तरण गरिएको छ ।
मन्दिर समितिका अध्यक्ष प्रकास राज पन्तलाई बेलौरी नगरका वडाध्यक्ष अर्जुन ढकाल, नगर प्रमुख पोतिलाल चौधरी र संविधान सभा सदस्य दिवान सिह विष्टले हस्तान्तरण गरेका छन । मूर्ति हस्तान्तरण कार्यक्रममा संविधान सभा सदस्य एव काँग्रेस नेता दिवान सिह विष्ट, बेलौरी नगर प्रमुख पोतिलाल चौधरी, काँग्रेस क्षेत्र नम्बर १ का सभापति गोपी प्रशाद उपाध्याय, ४ का वडाध्यक्ष अर्जुन ढकाल बेलौरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शुशिला लेखक, बेलौरी नगरका कर्मचारी अशोक पाण्डे, मन्दिर समितिका अध्यक्ष प्रकासराज पन्त सहितको उपस्थिति रहेको थियो । बेलौरीका जनप्रतिनिधी, राजनीतिक दल, मन्दिरसमितिले परदेशमा रहेका नेपालीले आफ्नो मातृभूमिको आस्थाका लागि सहयोगप्रति आभार प्रकट गरेका छन ।