कञ्चनपुरका भन्सार छली गरी ल्याइएका सामानहरु बरामद गरिएको छ । भन्सार छली गरी ल्याइएका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट प्रहरी नायब निरीक्षक बहादुर सिह धामीको कमाण्डमा खटिएको प्रहरी टोलिले बरामद गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर१० पुर्व पश्चिम राजमार्ग विद्युत कार्यालय स्थित भारतबाट भन्सार छली गरी लुकाई छिपाई गरी राखेको तेल, बिडी, नमकिन फुर्टी, चकलेट र फेन्टा गरी अन्दाजी सत्तहतर हजार चार सय चौध रुपैया बराबरको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुस