कञ्चनपुर, १५,साउन । कञ्चनपुरको बैजनाथ सिद्धनाथ माध्यामिक विद्यालयमा अवैध काठ फेला परेको छ । आइतबार स्थानीयले विद्यालयमा अवैध काठ फेला पारेका छन । स्थानीय हरिश सिह ऐरीले विद्यालयमा अवैध काठ बारे सामुदायिक वन, डिभिजन वन मौन रहेको बताए ।
उक्त अवैध काठ चुरेबाट चोरी तस्करी गरेर ल्याएको हुनसक्ने भन्दै विद्यार्थी नेता समेत रहेका ऐरीले छानबिनको माग गरेका छन ।
‘काठको विषयमा डिभिजन वनका पदाधिकारी आए हेरेर फर्किए, ‘उनले भने, ‘अवैध काठ बारे वन पनि मौन देखियो ।

बैजनाथ सामुदायिक वनका अध्यक्ष प्रजापति नाथले चुरेमा भेटिएको काठ सामुदायिक वनमा बुझाउनुपर्ने भएपनि विद्यालयमा लग्ने कार्य गलत भएको बताए । ‘सामुदायिक वन क्षेत्रमा भेटिएको काठ वनमै बुझाउनुपर्ने हो, ‘उनले भने, ‘बुझाएनन, विद्यालयमा लगेका रहेछन ।’ बैजनाथ सिद्धनाथ माध्यामिक विद्यालयका प्रअ खडक सिह विष्टले चुरेमा गस्तीका जाने क्रममा तीन युवक आफु देखेर भागेको र त्यहाँ २सिल्ली काठ भेटिएपछि उठाएर विद्यालयमा राखेको बताए । ‘मैले ति तस्कर सहित समातेर वनमा बुझाउने योजनाका साथ विद्यालयमा काठ ल्याएर राखेको हुँ, ‘उनले भने, ‘निजी प्रयोजनका लागि होईन ।’

प्रतिक्रिया दिनुस