कञ्चनपुर साउन १६ । नेकपा बहुमत निकट रहेको विध्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)ले बिभिन्न ३० बुदे माग राख्दै सुदुरपश्चिम विश्वविद्यालय उपकुलपति लाइ ज्ञापनपत्र बुझाएका छन ।
अखिल (क्रान्तिकारी)ले २१ दिन भित्र माग पूरा गर्न विश्वविद्यालय प्रशासनलाई आग्रह गर्दै बिभिन्न ३० बुदे माग राख्दै सोमवार उपकुलपतिको कार्यालयमा पुगेर अखिल क्रान्तिकारी सुदुरपश्चिम विश्वविद्यालय केन्द्रिय क्यामपस इन्चार्ज प्रकाश भट्ट संयोजक पुष्पा धामीले ज्ञापनपत्र बुझाएको छन ।
यस्तो छन ३० बुदे माग सहितको ज्ञापनपत्र
श्री उपकुलपति ज्यु ,
सुदुरपश्चिम विश्वविद्यालय
केन्द्रिय कार्यालय,महेन्द्रनगर
विषय : ज्ञापनपत्र
सुदुरपश्चिमको शैक्षिक धरोहरको रुपमा रहेको यस सुदुरपश्चिम विश्वविद्यालयको शैक्षिक लगायत समग्र विकासका लागि हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) निरन्तर सहकार्य र संघर्ष गर्दै आईरहेको कुरा सर्वविदित्तै छ । सुदुरपश्चिम् विश्वविद्यालयको समग्र हित सङ्ग सम्बन्धित तपशिल बमोजिमका मागहरु २१ दिन भित्र पूरा गर्न विश्वविद्यालय प्रशासनलाई आग्रह गर्दछौं । हाम्रो मागहरु प्रति बेवास्ता गरिए विश्वविद्यालयको समग्र हितका लागि संघर्षमा अगाडि बढने कुरा यसै ज्ञापनपत्र मार्फत सम्प्रेषण गर्दछौं।
मागहरु :
१) केन्द्रीय क्याम्पस लगायत अन्य आङ्गिक क्याम्पसहरुको पठनपाठन अस्तव्यस्त भएको हुँदा पठनपाठन नियमित र व्यवस्थित बनाउनु पर्ने,
२) केन्द्रीय क्याम्पसमा रहेको पुस्तकालय लाई थप व्यवस्थित गरि पर्याप्त सन्दर्भ सामग्री र पाठयपुस्तकहरु थप्नु पर्ने साथै सम्पुर्ण आङ्गिक क्याम्पसहरुमा रहेका पुस्तकालयहरु समेत व्यवस्थित गर्नुपर्ने,
३) केन्द्रीय क्याम्पसमा अध्यापन भैरहेका संकायहरुमा संकायगत पुस्तकालय संचालन गर्नुपर्ने,
४) पुस्तकालयका लागि पुस्तकालय सङ्ग सम्बन्धित B.Lib Sc र M. Lib Sc अध्ययन गरेका कर्मचारीहरुको व्यवस्था गरिनुपर्ने,
५) केन्द्रिय क्याम्पसमा व्यवस्थित ई-लाईब्रेअरी संचालन गर्नुका साथै अन्य सम्पुर्ण आङ्गिक क्याम्पसहरुमा समेत ई-लाईब्रेअरी को व्यवस्था गर्नुपर्ने,
६) विज्ञान र इन्जिनियरिङ संकायमा आवश्यक गुणस्तरीय प्रयोगात्मक सामग्रीको उचित व्यवस्थापन गर्नुपर्ने,
७) समेस्टर प्रणालीमा अन्तर्गत हुने आन्तरिक मुल्यांकनमा शिक्षकहरु द्वारा मनोमानी र काखापाखाको तरिकाले अङक दिईने हुँदा त्यस्तो कार्यहरू नियन्त्रण गर्नुपर्ने,
८) परीक्षा नियन्त्रण कार्यालय पटकपटक विवादमा आईरहेको हुँदा परीक्षा सङ्ग सम्बन्धित कामहरुलाई व्यवस्थित गर्नुपर्ने,विगत केही वर्षयता प्रश्नपत्र निर्माण त्रुटि हुने र प्रश्नपत्र हुबहु दोहरिने कुरा सच्याउनु पर्ने,केन्द्रिय क्याम्पसमा अध्यापन गराउने शिक्षकहरुले नै प्रश्नपत्र निर्माण गरिरहेको हुँदा अन्यत्रका विषय विशेषज्ञ बाट प्रश्नपत्र निर्माण गरिनुपर्ने,
९) विश्वविद्यालयमा नेपाली माध्यम मा पढाईहुने विषयरुको प्रश्नपत्र नेपाली भाषामा नै निर्माण गर्नुपर्ने,
१०) विश्वविद्यालयको छात्रावास निर्माण नहुन्जेल सम्म संकायगत रुपमा वैकल्पिक छात्रावासको व्यवस्था गरिनुपर्ने साथै विश्वविद्यालयका सम्पूर्ण आङ्गिक क्याम्पसहरुमा समेत छात्रावासको व्यवस्था गरिनुपर्ने,
११) केन्द्रीय क्याम्पसमा रहेको खेल मैदान लाई राष्ट्रिय स्तरका खेलकुद गराउने सक्ने मैदानको रुपमा विकासनिर्माण गर्नुपर्ने साथै आवश्यक खेलकुद सामग्रीको व्यवस्थापन गरिनुपर्ने,
१२) विश्वविद्यालयका दोहोरो प्राध्यापन गर्ने प्राध्यापकहरुलाई निर्देशिका जारी गरि अटेर गर्ने लाई कडा कार्वाही गर्नुपर्ने,
१३) विश्वविद्यालयको वार्षिक क्याल्याण्डर हरेक वर्ष समयसिमा भित्र जारी गरिनुपर्ने र त्यही अनुसार को समय सिमामा कामकार्यवाही गर्नुपर्ने,
१४) विश्वविद्यालयका सम्पुर्ण गतिविधिहरु ( शैक्षिक,आर्थिक,नितिगत र भौतिक विकास निर्माण ) वेबसाईटमा समय समयमा राखिनु पर्ने,
१५) विश्वविद्यालयमा भैरहेका भौतिक निर्माणमा भएको ढिलाई,लापरबाही र मापदण्ड विपरीत हुने काम कार्यवाहीहरुमा कडाईपुवर्क नियन्त्रण गर्नुपर्ने,
१६) विश्वविद्यालय हुने विभिन्न नियुक्तिहरु वरिष्ठताका साथै निष्पक्ष,योग्यता र क्षमताका आधारमा गर्नुपर्ने ,
१७) विश्वविद्यालय द्वारा विभिन्न संकायमा प्रदान गरिदै आएको छात्रवृत्तिमा ५ प्रतिशत थप वृद्धि गरिनुपर्ने , समयमै नियमित रुपमा छात्रवृत्तिको प्रक्रिया अगाडि बढाउनु पर्ने,
१८) देश र विदेशका विभिन्न विश्वविद्यालयहरु सङ्गको MOE प्रक्रिया थप अगाडि बढाउनु पर्ने,
२०) पहाडी जिल्लामा रहेका आङ्गिक क्याम्पसहरुमा प्राविधिक शिक्षा संचालनको प्रक्रिया अगाडि बढाउनुपर्ने,
२१) संचालनमा रहेका एमफिल र पिएचडी को शैक्षिक कार्यक्रममा निश्चित मापदण्ड तयार गरि छात्रवृत्ति को व्यवस्था गर्नुपर्ने,
२२) विश्वविद्यालयमा अध्ययन गर्ने चाहने विद्यार्थीहरुको लागि शिक्षा र मानिविकी संकायमा प्राईभेट ढंग बाट अध्ययनका लागि वार्षिक पाठयक्रम तयार गरि पठनपाठनको व्यवस्था गरिनु पर्ने,
२३) विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा रिक्त विभागीय प्रमुखका पदहहरुमा पदपूर्ति समयमै गर्नुपर्ने,
२४) विश्वविद्यालयमा स्ववियु निर्वाचनको वातावरण तयार गरि स्ववियुको निर्वाचन गराइनु पर्ने,
२५) विश्वविद्यालयमा समायोजन भएका आङ्गिक क्याम्पसहरुमा रहेका विभिन्न भौतिक पुर्वाधार निर्माणका समस्याहरु,शैक्षिक व्यवस्थापनका समस्याहरुका साथै शिक्षक र कमर्चारी समायोजन सङ्ग संबंधित समस्याहरु समाधान गरिनु पर्ने,
२६) विश्वविद्यालयमा आवश्यक शिक्षक र कमर्चारीको व्यवस्थापन सेवा आयोग बाट गरिनु पर्ने,सेवाको कामकार्यवाहीमा ढिलासुस्ती भएको हुँदा सम्पूर्ण कामकार्यवाहीहरु तिव्र रुपमा अगाडी बढाउनु पर्ने,
२७) विश्वविद्यालय का प्राध्यापक र कर्मचारीहरुले आफ्नो जिम्मेवारी र मर्यादा विपरीत गर्ने राजनीतिक गतिविधीमा रोक लगाईनु पर्ने,
२८)विश्वविद्यालयमा विद्यार्थी,कर्मचारी र प्राध्यापकहरु लाई पोशाक लगाउने नियम अनिवार्य गरि कडाइपुर्वक लागु गर्नुपर्ने,
२९) परीक्षाको कारणले केन्द्रीय क्याम्पसको पढाई अस्तव्यस्त हुने हुँदा तत्काल परीक्षा हल निर्माण गर्नुपर्ने,
३० ) विश्वविद्यालय लाई सम्पुर्ण रुपले विश्वविद्यालय नियमावली अनुरुप अगाडि बढाईनु पर्ने,
क्रान्तिकारी अभिवादन !
प्रकाश भट्ट
इन्चार्ज
पुष्पा धामी
संयोजक