कञ्चनपुर, भाद्र ,७,बेलौरी नगरपालिका ९ रतनपुर स्थित सिद्धनाथ मन्दिर समितिले आफ्नो क्षेत्रमा घेरबार गरेका तारबालका पोल उखेल्नेमाथि कार्बाहीको माग अघि सारेर मन्दिर समितिका पदाधिकारी सहित स्थानीयले ईलाका प्रहरी कार्यालय बेलडाँडीमा धर्ना दिएका छन ।
मन्दिर समितिले आफ्नो क्षेत्रमा तारबार गरिरहेको अवस्थामा बिरेन्द्र साउद र प्रकास भट्टले तारबारका लागि गाडिएका पोल उखेदिएको भन्दै मन्दिर समितिका पदाधिकारी सहित स्थानीयले ईप्रकामा धर्ना दिएका हुन ।
मंगलबार मन्दिर समितिका पदाधिकारी सहित स्थानीयले मन्दिरका पोल भत्काउनेमाथि प्रहरीले संरक्षण गरेको आरोपमा ईप्रकाको मुल गेटमै बसेर धर्ना दिएका छन । सिद्धनाथ मन्दिर समितिका कोषाध्यक्ष दिपकराज भट्टले बिरेन्द्र साउद र प्रकास भट्टले गाडिएका २२ पोल उखेलेर लगेपछि कार्बाहीको माग अघि सारेर प्रहरीमा धर्ना दिन आएको बताए । ‘मन्दिर समितिको काममा उहाँहरुले पहिलेदेखि नै विवाद गर्दै आएका थिए, ‘उनले भने, ‘अहिले आएर पोल नै उखेलिदिए हामी कार्बाहीको माग अघि सारेर ईप्रकामा धर्ना दिन आएका छौँ ।’ एकातिर मन्दिरको जमिनमा रजाई गर्ने अर्कातिर मन्दिरको काममा बाधा व्यवधान पु¥याउने भन्दै स्थानीयले पोत भत्काउनेमाथि कानुनी कार्बाहीको माग अघि सारेका छन । मन्दिर मन्दिरले स्थानीयलाई सडक उपभोगका लागि ४मिटर सडक दिने सहमती गरेपनि उनीहरुले नमानेको जनाएका छन । पोल भत्काएको विषयमा पदम साउदसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । ईप्रका बेलडाँडीका इन्चार्ज दिपक पातलीले मन्दिरका पोल भत्काउनेको खोजी कार्य भईरहेको बताए ।

प्रतिक्रिया दिनुस