कञ्चनपुर । नेकपा एमाले सहितका विभिन्न राजनीतिक दल परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । मंगलबार धनगढीमा नेकपा माओवादी केन्द्रको प्रदेश स्तरिय राजनीतिक प्रशिक्षण कार्यक्रममा एमाले नेता सहितका अन्य पार्टीका नेता कार्यकर्ताहरुले माओवादी केन्द्रमा प्रवेस गरेका हुन ।

एमाले नेता गणेश उपाध्याय, पुर्णराज जोशी, सहितका दर्जनौँ नेता कार्यकर्ता एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेस गरेका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता दिपक तिमिल्सेनाले एमाले सहितका अन्य दलहरुबाट नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित भएको बताए । माओवादी केन्द्रमा नेकपा एमाले कञ्चनपुरका सचिवालय सदस्य तथा बेलडाँडी गाँउपालिका इन्चार्ज गणेश प्रशाद उपाध्याय, दान ब नेपाली, एमाले निकट प्रेस चौतारी जिल्ला सह सचिव धन ब विक, एमाले पुनर्वासका नेता नर विक, रतन राना, पदम तामाङ्ग, सोनु लामा तामाङ्ग सहितका दर्जनौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका हुन । माओवादीमा प्रवेस गरेकाहरुलाई अध्यक्ष प्रचण्डले पाटीमा स्वागत गरेका छन ।

एमाले नेता उपाध्यायलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पाटीमा स्वागत गरेका छन । एमाले भित्र चरम गुटबन्दी आफन्त एव नातावाद हावि भएपछि कम्युनिष्ट आन्दोलन जोगाउनका लागि माओवादी केन्द्रमा प्रवेस गरेको उनीहरुले बताएका छन । पुनर्वास क्षेत्रकी चेली बिना मगरलाई फेरीपनि जिताएर क्षेत्रकै सम्बृद्धिका लागि भूमिका निर्वाह गर्न उनीहरुले बताएका छन । एमाले परित्याग गरेर माओवादीमा प्रवेस गरेका सोनुलामा तामाङ्गले पाँच बर्ष अघि बिनाले जित्दा क्षेत्रकै मुहार फेरीएको बताउँदै उनले फेरीपनि गठबन्धनका तर्फकाबाटकी उम्मेदवार बिना मगरलाई जिताउनका लागि एमाले परित्याग गरेर माओवादीमा आएको बताए । ‘एमालेमा हुँदा बिनालाई जिताउन समस्या हुन्थ्यो, ‘उनले भने, ‘त्यही भएर त्यो पाटी परित्याग गरेर आएको हुँ ।’ एमालेले फेरीपनि क्षेत्र १बाट विभिन्न पार्टी प्रवेस, परित्याग गर्दै एमालेमा आएका पात्रबाट न पार्टी र जनताको भलो हुने भएकाले एमालेमा बसेर स्वार्थी मन नपरेपछि पाटी फुटाउने, परित्याग गर्ने नेता भन्दा सयौँ गुना बिना मगर जनताको सारथी भन्दै एमाले परित्याग गरेर माओवादीमा प्रवेस गरेको बताए । ‘बिना मगर जिताउने हाम्रो अभियान योजना छ, ‘उनले भने, ‘हामी बिनाबाट न पिए न संसद मन्त्री माग्छौँ, केबल विकास माग्ने हो, विकास दिए पुग्छ ।’ पछिल्ला दिनहरुमा बिना मगरलाई साथ दिन एमालेबाट नेता कार्यकर्ता माओवादीमा आईरहेका छन । केही स्वार्थ तर मार्ने समुहले मात्रै बिनाको साथ छाडेको भन्दै दक्षिणका स्थानीयले माओवादी हुँदा पाईलैपिच्छे, स्वार्थ लुटेकाहरु मात्रै बिना मागरमाथि मेघा स्वार्थ लुट्न नपाएपछि माओवादी परित्याग गरेको बतार्ईरहेकान छन ।

प्रतिक्रिया दिनुस