कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रले संघ र प्रदेशका उम्मेदवार सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर २को बैठकले संघ र सहित प्रदेश तर्फका प्रत्यक्ष तर्फ समानुपातिक उम्मेदवार सिफारिस गरेको हो । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता दान बहादुर बमले क्षेत्रबाट संघ, प्रदेशका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार जिल्ला समन्वय समितिमा सिफारिस गरिएको बताए । क्षेत्र २बाट संघतर्फ चन्द्रकान्त भट्ट(सिके), नवराज ऐर, भीम भट्ट, महेश दत्त जोशी, समानुपातिक प्रेम ब. धानुक, मिनराज गिरी, शेर ब. राना सिफारिस भएका छन ।

२(क)बाट प्रत्यक्ष अमिन प्रशाद दहित, ओम विक्रम भाट, खेमराज पाण्डे, देवीलाल चौधरी, बलाराम पन्त, बीर बहादुर राजबंसी, भुवेश पन्त, समानुपातिक उमाकान्त जोशी, गोबिन्द बहादुर लुहार, जित बहादुर करीयाकङग्रहुवा, नरहरी नाथ योगी, राजेन्द्र प्रशाद अवस्थी, सिता चौधरी र २(ख)बाट प्रत्यक्ष ओम विक्रम भाट(सरल), जनक धामी, लो ब. ऐरी, शिवराज पनेरु, हेमराज पाण्डे र समानुपातिक तर्फ ईश्वर सुनार, कमल राना, कमला ऐर, गणेश विक, देशराज चौधरी, दुर्गा जोशी(भट्ट), मान ब. राना, लाल परियार, शान्ति शाही, शिवी लुहार र हिरा जैसी सिफारिस भएका छन । क्षेत्रबाट सिफारिस भएकाहरुको टुङगो लगाउनका लागि जिल्ला समन्वय किमिटीले माथिल्ला कमिटिमा सिफारिस गर्नेछन ।

प्रतिक्रिया दिनुस