दिपक राज भट्ट
कैलाली , क्रान्तिकारी पत्रकार महासंघ नेपाल सुदूर पश्चिम प्रदेश कमिटीको बैठक आज कैलालीको अत्तरिया बस्दैछ ।
महासंघको राष्ट्रिय सम्मेलनको भाव संप्रेषणका लागि हुने बैठकमा केन्द्रीय योजना , जनपक्षीय पत्रकारिता र श्रमजिवी पत्रकारका हकहितका सम्बन्धि छलफल हुने प्रदेश संयोजक धनञ्जय अवस्थीले जानकारी दिनुभयो ।

होटल आहा रामारोशनमा हुने बैठकले ९ वटा जिल्लामा संगठन विस्तारको योजना बनाउने उहाँले बताउनुभयो ।बैठकका लागि क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य , ईञ्चार्ज एंव सेक्रेटरी अनुकुल र महासंघका केन्द्रीय कोषाध्यक्ष रवि पाण्डे अखिल क्रान्तिकारी केन्द्रिय सचिव राम बहादुर महराको आतिथ्यता रहने छ ।

प्रतिक्रिया दिनुस